भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध, आज औपचारिक घोषणा


  • माघ २३, २०७९
  • 262 Views
राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध, आज औपचारिक घोषणा image

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन्। औपचारिक घोषणा भने आजको राष्ट्रिय सभाको बैठकमा हुनेछ । आइतबार उपाध्यक्षमा अर्यालको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएकी हुन्।

राष्ट्रियसभाको आजको बैठकमा उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ। एमाले र माओवादी केन्द्रको सहमतिमा माओवादी केन्द्रले उपाध्यक्ष पद पाएको थियो। त्यसमा उम्मेदवार बनेकी अर्याललाई कांग्रेसले प्रतिस्पर्धी नदिएर निर्विरोधका लागि सघाएको छ।

अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, समर्थकमा एमालेका देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा थिए।

पर्साको वीरगन्ज महानगरपालिका(२३ गण्डकचोक स्थायी ठेगाना भएकी ६६ वर्षीया अर्याल २०७८ फागुनदेखि राष्ट्रियसभामा सांसद छिन्। यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे पदावधि सकिएपछि उपाध्यक्ष पद रिक्त थियो। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.