भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

वीरगन्जमा गठबन्धनका उम्मेदवार राजेशमान १५ हजारभन्दा बढी मतले अगाडि


  • जेष्ठ ८, २०७९
  • 378 Views
वीरगन्जमा गठबन्धनका उम्मेदवार राजेशमान १५ हजारभन्दा बढी मतले अगाडि image

वीरगन्ज । मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले १५ हजारभन्दा बढिको अग्रता लिएका छन् । आइतबार बिहान ६ : ३० बजेसम्म ६५ हजार ५ सय ५३ मत गणना हुँदा जसपाका उम्मेदवार राजेशमानले नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय कुमार सरावगीभन्दा १५ हजार ३ सय ३६ मत बढी पाएका छन् ।

राजेशमानले ३२ हजार १ सय ५८ मत पाउदा उनका निकटतम प्रतिद्वन्द्वी सरावगीले भने १६ हजार ८ सय २२ मत प्राप्त गरेका छन् । अब करिब २९ हजार मात्रै मत गन्न बाँकी रहदा १५ हजारभन्दा बढी मतले अग्रता लिएका राजेशमान विजयी हुने सम्भावना प्रबल भएको छ ।

मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गिरीश गिरीले भने २ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उपमेयरमा भने गठबन्धनबाटै कांग्रेसका उम्मेदवार इम्तियाज आलमले २२ हजार १ सय ५ मतका साथ अग्रता लिइरहेका छन् । उपमेयरमा लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ५ हजार २ सय ६६ , राप्रपाकी बिना जयसवालले ४ हजार १ सय ३४ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले २ हजार ९ सय ९५ मत पाएकी छन् । बैशाख ३० मा भएको निर्वाचनमा वीरगन्ज महानगरका ३२ वटै वडामा गरि ९४ हजार ६ सय मत खसेको थियो ।

अन्नपूर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.