भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शिक्षा विधेयक सच्याउने तयारीमा प्रधानमन्त्री प्रचण्ड


  • श्रावण २६, २०८०
  • 270 Views
शिक्षा विधेयक सच्याउने तयारीमा प्रधानमन्त्री प्रचण्ड image

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि चर्को विरोध हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलाई सच्याउने तयारीमा देखिएका छन् ।

उनले विधेयकलाई सुधार गरेर मात्रै संसद्मा पेस गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्बाट पारित भई संसद्मा दर्ता नहुँदै विधेयकमाथि सरोकारवालाले विरोध जनाएपछि सच्याएर मात्रै अघि बढाउने तयारी प्रधानमन्त्रीले गरेका हुन् ।

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले विधेयकको कतिपय व्यवस्था प्रारम्भिक मस्यौदामा भन्दा उल्टो भएको गुनासो नै गरे । ‘संघीय शिक्षा ऐन सुरुमा जस्तो थियो, बनेर फर्केर आउँदा कतिपय विषय बिल्कुल उल्टो भएर आएको देखियो ।

हामीले संसद्मा पठाइहाल्न खोजेको विधेयक रोक्यौं । सुधार नगरी पठाउन नहुने भयौं,’ प्रधानमन्त्री दाहालले भने, ‘हामी त्यसको खोजीमा छौं । कसले कहाँबाट त्यस्तो गर्‍यो त रु क्याबिनेटमा हामीले राम्रोसँग हेर्न पाएका छैनौं ।

मिडिया र बजारमा यो सही र यो गलत भन्ने कुरा कसरी भयो रु त्यस विषयमा कि पहिल्यै सरोकारवालाबीच कुरा भएको हुनुपर्‍यो । सरकारको हातको कुरा बजारमा कसरी पुग्यो अलि गम्भीर देखिएको छ ।’ कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.