भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शीत परेका शीतभण्डार


  • बैशाख ३१, २०८१
  • 243 Views
शीत परेका शीतभण्डार image

काठमाडौं । किसानले फलाएको अनाज भण्डारण गर्न नसक्दा उचित मूल्य पाउँदैनन्। जुनसुकै अन्नबाली वा फलफूल, तरकारी फल्नेबित्तिकै किसानले बेच्ने र व्यापारीले किन्ने भनेकै भण्डारणको उचित व्यवस्थाको अभावले हो। त्यसो हुँदा न किसानले उचित मूल्य पाउँछन् न उपभोक्ताले सुलभ। फाइदा जति बिचौलियालाई हुन्छ।
किसानले भण्डारण गर्न नसकेको मौका छोप्यो अनि बेमौसममा महँगोमा बेच्यो।

किसानलाई फसलको मूल्य दिलाउने हो भने शीतभण्डारमा उत्पादन थन्क्याएर राख्ने र बेमौसम वा चाहिएका बेला बेच्न सक्ने व्यवस्था हुनुपर्छ। त्यही उद्देश्यले मधेस सरकारले केही वर्षअघि अर्ब रुपैयाँभन्दा बढी खर्चने गरी शीतभण्डार निर्माणको योजना अघि सार्‍यो। धनुषा, बारालगायत जिल्लामा योजना कार्यान्वयन सुरु पनि भए। तर ती अपुरै छन्, अधुरै छन्। शीतभण्डार निर्माणमै शीत परेको छ।

फलफूल, तरकारी निश्चित तापक्रममा राख्ने काइदा हो शीतभण्डार। फलेको बेला भण्डारण गरेपछि चाहिँदा निकाल्ने र उपभोग गर्न सजिलो शीतभण्डारले गराउँछ। अनि बजारमा माग भएका बेला बिक्री गर्दा मूल्य पनि किसानलाई हुन्छ। तर शीतभण्डार निर्माणको योजनामै भ्रष्टाचारको गन्ध जो देखियो अनि अलपत्र पर्‍यो योजना। अहिले मधेसको सबै शीतभण्डार निर्माणको योजनामा अख्तियारले अनुसन्धान गरिरहेको छ।

कतिपय योजना सुरु हुनै पाएनन्। कतिपय सुरु भएर अलपत्र छन्। कतिमा सरकारले बजेट निकासा गरी भुक्तानी पनि दिएको थियो, कतिमा बाँकी थियो। कतिपय किसानको समेत लगानी अलपत्र परेको छ। खासमा बिना निर्दिष्ट योजना शीतभण्डार निर्माण अघि सारिनु नै अलपत्र हुने अवस्थाको सुरुआती बिन्दु हो। न आधार न मापदण्ड थियो शीतभण्डार निर्माणमा। अनि लागत निर्धारण पनि हचुवामै गरियो।

त्यसपछि जनता समाजवादी पार्टी, जो सरकारमा थियो, उसैका कार्यकर्ता लक्ष्य गरेर योजना पारियो। पवित्र कामका लागि पवित्र प्रक्रिया अपनाइएन। सुरुदेखि नै गडबडी हुँदा शीतभण्डार योजना अलपत्र पर्‍यो। अहिले प्रदेश सरकारको करोडौं लगानी शीतांग भएको छ। भौतिक पूर्वाधारका लागि भएको लगानी माटोमा मिले सरह छ। जग हालिएका वा केही संरचना बनिसकेका कतिपय भण्डारहरू घामपानीमा भिजेका छन्।

अब फेरि लगानी गर्दा पनि बढी खर्च हुने अवस्था भएको छ। राज्यको नोक्सानी भएको छ। अख्तियारले अनुसन्धानलाई तीव्रता दिई दूधको दूध पानीको पानी छुट्ट्याउन जरुरी छ। भ्रष्टाचार भएको भए कारबाही प्रक्रियामा जानुपर्छ। शीतभण्डारको योजनालाई अलपत्र पारिनु हुँदैन। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.