भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी

विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी

एजेन्सी, २२ साउन। अमेरिकी वैज्ञानिकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ ब्याक्टेरियोफेज भाइरस विकास गरेका छन्। यस उपलब्धिलाई जीवविज्ञान र जैविक इन्जिनियरिङ क्षेत्रमा महत्त्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।

बीबीसीका अनुसार स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले एआईको सहयोगमा १६ वटा नयाँ ब्याक्टेरियोफेज भाइरस तयार गरेका हुन्। यी भाइरसले ‘ईकोलाई’ (E. coli) जस्ता ब्याक्टेरियालाई मात्र संक्रमित गर्छन् र मानिसका लागि कुनै खतरा नरहेको अनुसन्धान टोलीले जनाएको छ।

अनुसन्धानकर्ताका अनुसार एआई प्रणालीलाई भाइरस, ब्याक्टेरिया, वनस्पति तथा मानवको आनुवंशिक जानकारीका आधारमा प्रशिक्षण दिइएको थियो। त्यसपछि कम्प्युटरले डिजाइन गरेका भाइरसहरू प्रयोगशालामा तयार गरी परीक्षण गर्दा सबै १६ वटा भाइरसले लक्षित ब्याक्टेरियालाई सफलतापूर्वक नष्ट गर्न सके।

वैज्ञानिकहरूका अनुसार यो उपलब्धिले भविष्यमा एन्टिबायोटिकले असर नगर्ने ब्याक्टेरियाविरुद्ध नयाँ उपचार विकास गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। विशेषगरी फेज थेरापी (ब्याक्टेरियालाई नष्ट गर्न भाइरस प्रयोग गर्ने उपचार विधि) को विकासमा यो प्रविधि उपयोगी हुने अपेक्षा गरिएको छ।

यद्यपि, यस उपलब्धिसँगै जैविक सुरक्षा र सम्भावित दुरुपयोगका विषयमा चिन्ता पनि व्यक्त गरिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका विज्ञहरूले एआईमार्फत नयाँ भाइरस डिजाइन गर्ने क्षमताले जैविक सुरक्षा सम्बन्धी नयाँ चुनौती र जोखिमबारे गम्भीर प्रश्न उठाएको बताएका छन्।

यस विषयमा अनुसन्धानकर्ताहरूले भने अध्ययन पूर्ण रूपमा सुरक्षित वातावरणमा गरिएको र मानिस वा अन्य जटिल जीवलाई संक्रमित गर्ने भाइरस प्रयोग नगरिएको स्पष्ट पारेका छन्। उनीहरूका अनुसार अनुसन्धान केवल ब्याक्टेरियालाई संक्रमित गर्ने सुरक्षित ब्याक्टेरियोफेज भाइरसमा सीमित रहेको छ।

विज्ञहरूले यस उपलब्धिलाई जीवविज्ञानको इतिहासमा महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै कम्प्युटरको सहयोगमा नयाँ जैविक प्रणाली डिजाइन गर्ने सम्भावना अझ विस्तार भएको बताएका छन्। यसबाट भविष्यमा नयाँ औषधि, जीन उपचार तथा क्यान्सरविरुद्धका उपचार विकासमा समेत नयाँ अवसर सिर्जना हुन सक्ने विश्वास गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.