भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ

पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ

मुख्य बुँदा

वीरगन्जमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट तेल चोरी गरी बिक्री गर्ने आरोपमा सात जना पक्राउ।

पेट्रोल पम्पका सञ्चालक, कर्मचारी तथा दुई ट्याङ्करका चालक–सहचालक पक्राउ परे।

प्रहरीले ट्याङ्करसहित घटनामा प्रयोग भएका सामग्री नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

पर्सा, २२ साउन । पर्साको वीरगन्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार भारतबाट आईसीपी जाँचपास गरी नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट बिहीबार साँझ करिब ५ः१० बजे तेल निकालिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

वीरगन्ज–१४ स्थित सौदागर आयल सेन्टर परिसरमा ट्याङ्करमा जडान गरिएको सिललाई फलामको पाइपको हुक प्रयोग गरेर उचाली अनधिकृत रूपमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा प्रहरी पुगेको थियो। घटनास्थलबाट ट्याङ्करसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पेट्रोल पम्पका सञ्चालक, लेखापाल, क्यासियर तथा दुई ट्याङ्करका चालक र सहचालक रहेका छन्। पक्राउ परेकामध्ये तीन जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् भने चार जना मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका रहेका छन्।

प्रहरीले घटनामा प्रयोग भएका ट्याङ्कर तथा अन्य सामग्री नियन्त्रणमा लिई पेट्रोलियम पदार्थ चोरी र अनधिकृत बिक्री–वितरण सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, चोरी भएको तेलको परिमाण, संलग्न अन्य व्यक्तिको भूमिका तथा सम्भावित सञ्जालबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.