भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शृंखलाबद्ध हत्या गुपचुप


  • आश्विन ६, २०७७
  • 564 Views
शृंखलाबद्ध हत्या गुपचुप image

गोरखा । दुई हप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० वर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यु भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई दुई लाख रुपैयाँ थमाए । घटना सामसुम भयो । चार घण्टा पर रहेको प्रहरी चौकी नाम्रुङले यत्तिका दिनसम्म घटनाबारे केही पत्तो पाएको छैन । जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय पनि यसबारे अनभिज्ञ छन् । गत असारमा यार्सागुम्बा संकलन गर्न गएका सोही गाउँका दुईजनामध्ये टसी दोर्जे फर्किएनन् । सँगै गएकाले टसी दोर्जेको परिवारलाई दुई लाख रुपैयाँ तिरे । सो घटना पनि सामसुम भयो । यी दुई त ताजा घटना हुन् ।

विगत १५ वर्षयता बिही गाउँमा आठ वटाभन्दा धेरै यस्ता घटना सामसुम भएका छन् । कतिपय घटनाका दोषी प्रष्ट भएर पनि गुपचुप बनाइएका छन्, कतिपय रहस्यको गर्भमै छन् । अपराध गर्नेको विपक्षमा बोल्न सक्ने हिम्मत गाउँमा कसैको नभएको स्थानीयवासीको दुःखेसो छ । ‘बोलौं भने हामीलाई पनि ज्यानको माया लाग्छ’, एक स्थानीय नाम नखुलाइदिन अनुरोध गर्दै भन्छन्, ‘अपराधी जरा गाढेर बसेको छ । दिनदहाडै हत्या गरेको देखेपछि को बोल्न सक्छ र ?’

२०६२ सालको माघ १२ गते बिहीका घरभित्रै घाँटी रेटेर सोनाम छिरिङको हत्या भयो । २०६४ सालमा सोनाम ग्याल्बोको टाम्लिङ भीरबाट खसालेर हत्या भएको स्थानीयवासी बताउँछन् । घटनामा संलग्नको आशंकामा दुईजनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याउँदै गर्दा प्रहरीको नियन्त्रणबाट मुक्त गरेर फिर्ता गरिएको स्थानीयवासी बताउँछन् । गाउँमा भएको भ्रष्टाचारको विद्रोह गर्ने बिहीको कोया गाउँका एक युवाको न्याकफेदीमा शव भेटियो । कुनै छानबिनै नभई अन्त्येष्टि गरियो । जडीबुटी संकलन गर्न गएका दुईमध्ये बिहीफेदीका फु तेञ्जिन फर्किएनन् ।

छ्योतुम्बु गुम्बाको मेल भर्न गएकी बिहीकै रानागाउँकी एक युवतीको शव खोल्सामा भेटियो । कुनै घटनाको पनि कसैले खोजीनीति गरेनन् । गाउँमा शृंखलाबद्ध रूपमा अपराधजन्य घटना भइरहे पनि कसैले अनुसन्धान गर्न पहल गरेका छैनन् । ‘प्रहरीलाई खबर ग¥यो भने पनि एक न एकदिन ऊ निस्किएर आइहाल्छ । अनि उ आएपछि आफू पनि रहने सम्भावना हुँदैन’, एक स्थानीय भन्छन्, ‘त्यसैले कसैले पनि प्रहरीलाई खबर गर्ने हिम्मत गर्दैनन् ।’ अपराधको घटना भए पनि कुनै रहस्यकै गर्भमा रहने, कुनै घटनाको रहस्य खुल्यो भने मृतकका आफन्तलाई पैसा दिएर थामथुम पार्ने गरेको उनको भनाइ छ ।अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.