भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सञ्चार संस्था र पत्रकारमाथिको आरोप पुष्टि गर्न लामिछानेलाई मिडिया सोसाइटीको चुनौती


  • माघ २४, २०७९
  • 278 Views
सञ्चार संस्था र पत्रकारमाथिको आरोप पुष्टि गर्न लामिछानेलाई मिडिया सोसाइटीको चुनौती image

काठमाडौं । सञ्चार संस्था र पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्न नेपाल मिडिया सोसाइटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चुनौती दिएको छ । लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति लगाएको आरोप आधारहीन, पूर्वाग्रही र मनगढन्ते भएको भन्दै सोसाइटीले प्रमाण भए पुष्टि गर्न चुनौती दिएको हो ।

सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको धम्कीपूर्वक अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षण मात्र भएको छैन, तत्काल लामिछानेले आफ्नो गल्ती सच्याउन, गालीगलौज फिर्ता लिन आग्रह गर्दै यदि उनीसँग आरोपित गरिएका मिडिया र मिडियाकर्मीप्रति कुनै प्रमाण भए पुष्टि गर्नसमेत चुनौती दिन चाहन्छौँ ।’

सोसाइटीले लामिछानेको अभिव्यक्ति प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिकै घात भएको टिप्पणी पनि गरेको छ । आइतबार पत्रकार सम्मेलन गरेर लामिछानेले सञ्चार संस्था र पत्रकारहरूको नामै किटेर विभिन्न लाञ्छना लगाएका थिए । उनको अभिव्यक्तिले सिर्जित हुन सक्ने कुनै अप्रिय घटनाको पनि स्वयं लामिछाने र उनको दल जिम्मेवार हुनुपर्ने सोसाइटीको चेतावनी छ । नयाँ पत्रिका दैनिकबाट…

 

 


Thali Mobile Pvt.Ltd.