भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘समस्या राजनीतिक दल होइनन् , गरिबी र भ्रष्टाचार हुन्’


  • कार्तिक १२, २०८०
  • 303 Views
‘समस्या राजनीतिक दल होइनन् , गरिबी र भ्रष्टाचार हुन्’ image

काठमाडौँ। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले पुराना दलको औचित्य नसकिएको दाबी गरेका छन् । नेपाली कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी विभिन्न दलका शीर्ष नेताले यस्तो बताएका हुन् । उनीहरूले दलहरूले नै मिलेर मुलुकलाई अघि बढाउने बताए । पुराना राजनीतिक दलहरूप्रतिको आलोचनात्मक प्रतिक्रियालाई आफूहरूले सकारात्मक रूपमा लिएको पनि बताए । पुराना दलहरूमाथि उठेकारउठाइएका प्रश्नलाई सकारात्मक रूपमा लिएको र जबाफ पनि मिलेर नै दिने उनीहरूले बताए ।

राजनीतिक दलहरूप्रति भइरहेको आलोचनालाई आफूले सकारात्मक रूपमा लिएको जनाउँदै कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दल र राज्यका संस्थाप्रति जनताको विश्वास नघटेको बताए । उनले राजनीतिक दलले लोकप्रियता कायम गर्न राम्रा काम गर्नुपर्नेमा जोड दिए । देउवाले दलभित्र फरकफरक मत देखिनु स्वाभाविक बताए । ‘दलभित्र फरकफरक मत हुन सक्छन्,’ उनले भने, ‘त्यसलाई हामीले व्यवस्थापन गरिरहेका छौं ।’ चियापान समारोहमा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओलीले ठुला दलहरूमाथि प्रश्न उठाउने कोसिस भइरहेको बताए । त्यसको जवाफ समय आएपछि दलहरूले दिने बताउँदै ओलीले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढंगले दिइनेछ ।’

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ठुला र पुराना दलको औचित्य सकियो भन्नेलाई प्रमुख दलहरू नै एकै ठाउँमा उभिएर जवाफ दिइने बताए । उनले भने, ‘इतिहास, राजनीतिक विचार, मुद्दा, संघर्ष र संस्कार नभएकाले नै पुराना र प्रमुख दलहरूमाथि प्रश्न उठाउने कोसिस गरिरहेका छन् ।’ परिवर्तनकारी शक्तिमाथि प्रश्न उठाएर शान्ति र लोकतान्त्रिक प्रक्रियामा खलल पु¥याउने प्रयास भइरहेको दाबी गर्दै दाहालले भने, ‘अराजकता सिर्जना गर्ने उद्देश्यका साथ प्रश्नहरू उठाउने काम भइरहेको जस्तो लाग्छ ।’

दाहालले दलहरूबीच सहमति र समझदारी जुटाउने प्रयासमा आफू सक्रिय रहेको बताउँदै दाहालले भने, ‘बिपीले सुरू गरेको चियापान संस्कृतिले दलहरूबीचको आपसी एकतालाई अभिप्रेरित गरेको छ । यसले देशको राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको बाटोमा लैजान मद्दत गरेको छ ।’ उनले अहिलेको समस्या राजनीतिक दल नभएर गरिबी र भ्रष्टाचार भएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्ना दलका लागि चुनौती संगठन निर्माण भएको बताए । ‘कतै आफ्नै गोडामा अल्झिएर लडिन्छ कि भन्ने चुनौती हाम्रो सामु छ,’ उनले भने, ‘हामीले दायाँबायाँ नहेरेका होइनौं तर बढीचाहिँ आफैंभित्र केन्द्रित छन् ।’

नेकपा एकीकृत समाजवादी ९नेकपा एस० का अध्यक्ष माधवकुमार नेपालले प्रत्येक पार्टी जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने बताए । ‘हामी अग्निपरीक्षामा छौं,’ उनले भने, ‘पुनः जाँचिनुपर्छ भने हामी तयार छौं । अहिलेको संकटमा निराश भएर, टाउको समाएर मात्रै हुँदैन ।’ संक्रमणकालीन न्यायसहितका विषयको अझै टुंगो लाग्न नसकेको बताउँदै उनले भने, ‘धेरै ढिलो भयो । हामी छोटो समयमै युद्ध टुंग्याउने काममा सफल भएका थियौं । अब द्वन्द्व व्यवस्थापनमा जोडिएका र संक्रमणकालीन न्यायका विषय टुंग्याउन धेरै ढिलो गर्नुहुँदैन ।’

२०३३ साल पुस १६ गते बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्केसँगै कांग्रेसले २०३४ सालदेखि कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । सोही परम्परालाई निरन्तरता दिँदै कांग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विभिन्न दलका शीर्ष नेता, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका प्रमुख, विभिन्न पेसा तथा व्यवसायमा संलग्न व्यक्ति र सर्वसधारणको उपस्थिति रहेको थियो । नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.