DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सरकार खोज्दै खाल्टेबासी


  • भाद्र १०, २०८०
  • 193 Views
सरकार खोज्दै खाल्टेबासी image

काठमाडौँ । अझ केही दिन मेघ गर्जनसहित हुने भारी वर्षाका कारण नदीमा पानी बहाव उच्च रहने भएकाले नदी किनार क्षेत्रमा बसोबास नगरी सुरक्षित स्थानमा बसोबास गरिदिनु हुन अनुरोध छ’(जब जिल्ला प्रशासन कार्यालय, रसुवाले गएको २८ गते सूचना जारी गर्‍यो, खाल्टेस्थित बिस्थापित बस्ती व्यवस्थापन समितिका संयोजक छेकु लामाको पारो तात्यो। उनले तत्काल जिल्ला प्रशासन कार्यालयमा फोन गरे र सोधे(सुरक्षित स्थान भनेको कहाँ होरु नदी किनारबाहेक हाम्रो जाने ठाउँ कहाँ छ ?

रसुवाको उत्तरगया गाउँपालिकास्थित खाल्टेमा ८ वर्षदेखि ३६७ घर बिस्थापितका रूपमा बसिरहेका छन्। साविक हाकु गाउँ विकास समितिको वडा नं। ८ र ९ तथा डाँडागाउँ गाउँ विकास समितिको वडा नं। ७, ८ र ९ का भूकम्पपीडितहरू कहीँ बस्ने ठाउँ नपाएपछि यही खाल्टेको त्रिशूली किनारमा जस्ता बारबुर पारेर बसेका हुन।

भूकम्पका कारण घरबारबिहीन भएकालाई पुनस्र्थापना गर्ने भनेर गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ‘काम सन्पन्न’ गरेर खारेज भइसक्दा पनि यहाँका बिस्थापितको भने बस्नेरखाने ठेगान छैन। आफ्नो पनि पुनर्स्थापना हुनुपर्ने माग राखी सयौँ पटक विभिन्न सरकारी निकाय धाइसके यहाँका पीडितहरू।

जुन कुरा जिल्ला प्रशासन कार्यालयलाई थाहा नभएको पक्कै हैन। छेकुको आक्रोश छ–८ वर्षदेखि सुरक्षित बासस्थलको व्यवस्था नगर्ने अनि बाढी आएपछिचाहिँ नदी किनारमा नबस् भनेर छ्यास्स एउटा सूचना जारी गर्न उसलाई लाज लाग्नुपर्ने हैनरु उसले हामीलाई सुरक्षित ठाउँ उपलब्ध गराउने कि सूचनारु यस्तो ठाउँमा बस्नु हुन्न भन्ने हामीलाई थाहा छैनरु तर जाने कहाँरु उसले त्यो ठाउँ पो देखाइदिनुपर्‍यो त।

रसुवाको उत्तरगया गाउँपालिकास्थित खाल्टेमा ८ वर्षदेखि ३६७ घर बिस्थापितका रूपमा बसिरहेका छन्। साविक हाकु गाउँ विकास समितिको वडा नं। ८ र ९ तथा डाँडागाउँ गाउँ विकास समितिको वडा नं। ७, ८ र ९ का भूकम्पपीडितहरू कहीँ बस्ने ठाउँ नपाएपछि यही खाल्टेको त्रिशूली किनारमा जस्ता बारबुर पारेर बसेका हुन्।

अविरल वर्षाका कारण नेपालका नदीहरू बाढीले उन्मत्त बनेका छन् यतिबेला। यही कारण खाल्टेको किनारमा बस्न बाध्यमध्ये अशक्त, बालबच्चा र तिनका आमाहरू कोही विद्यालय, कोही आफन्त त कोही भने हुनेखानेकहाँ शरणार्थी बन्न बाध्य छन् यतिखेर। बस्तीमा छेकु जस्ता बलिया पुरुषहरू मात्र भेटिन्छन् जो अहिले पनि रातभर जाग्राम बस्छन्। आडैको त्रिशूलीको बहाव निरीक्षण गरिरहन्छन् र जानकारी लिइरहन्छन्। कुनबेला टाप कस्नुपर्ने हो, उनैलाई थाहा छैन।

तर पनि आजसम्म कसैले यहाँका बासिन्दाका लागि केही सहयोग नगरेकामा उनले निकै चित्त दुखाएका छन्। गाउँपालिकाले जानकारीसम्म लिने गरे पनि अन्य सहयोग भने गरेको छैन भन्छन् उनी। त्यसैले उनी र उनका सहयोगीहरू ८ वर्षदेखि बेपत्ता सरकार यतिबेला पनि नभेटिएकामा गुनासोरहित छन्। बरु सूचनामार्फत दिइने ‘सल्लाह’, ‘सुझाव’, ‘अर्तीरउपदेश’ ले भने चराइरहेको घाउमा पीडा थप्ने काम मात्र गरेकाले यो नाटकचाहिँ नगर्न आग्रह गर्छन्।कुराकानीकै क्रममा उनले आत्तिँदै थपे–ल सर, मौसम पूर्वानुमान महाशाखाले फेरि हाम्रो क्षेत्रमा भदौ ९ गते बिहानसम्म जोखिम देखायो। बर्बाद हुने भो, के गर्ने होलारु

उस्तै व्यथा तिल्के टापुको

नगरपालिकाभित्रै एउटा यस्तो बस्ती जहाँ पानी पर्ने सङ्केतअगाडि नै १५–२० दिनलाई पुग्ने सामग्री जोगाड गरिहाल्नुपर्छ। नत्र भोकै बस्नुपर्छ।हो, रौतहटको कटहरिया नगरपालिकास्थित तिल्के टोल नगरपालिकाको केन्द्र कटहरिया बजारबाट मात्र १०–१५ मिनेटको दूरीमा भए पनिपानी पर्नासाथ चारैतिरबाट नाकाबन्दीको चक्रब्यूहमा फस्छ।तरहारी नाम गरेको खोला बग्छ बस्ती नजिकैबाट। जुन पानी पर्दासाथ बस्ती वरिपरिको गहिरो भूभागमा राज जमाउन पुग्छ। अनि खोला नघटन्जेल न कोही बस्तीबाट बाहिरिन पाउँछ न त बाहिरफेर गएकाहरू भित्रनै पाउँछन्।

अविरल वर्षाका कारण नेपालका नदीहरू बाढीले उन्मत्त बनेका छन् यतिबेला। यही कारण खाल्टेको किनारमा बस्न बाध्यमध्ये अशक्त, बालबच्चा र तिनका आमाहरू कोही विद्यालय, कोही आफन्त त कोही भने हुनेखानेकहाँ शरणार्थी बन्न बाध्य छन् यतिखेर।

वर्षामा मात्र हैन, अन्य बेला पनि पानी पर्‍यो कि यसरी नै आवत्जावत् ठप्पै हुन्छ। कतिपय बेला त बाढीको बहाव बढेर बस्ती नै लैजाने हो कि भन्ने चिन्ता पनि हुने गर्छ उनीहरूलाई। यस्तो बेला न निद्रा लाग्छ न त भोक नै।रातभर चिन्तामै कटाउन बाध्य छन् स्थानीय। २८ घर माझी ९मुसहर० परिवार बस्छन् यहाँ। ऐलानीमा बस्ने उनीहरू सबै भूमिहीन हुन। भूमिहीन भएकै कारण अरूको ज्याला मजदूरी जीविकाको एक मात्र आधार हो। तर नाकाबन्दी लागेका बेला बाहिर निस्कनै नपाएपछि कसरी काम गर्नु रु कामै गर्न नपाएपछि कसरी पेट भर्नुरु त्यस्तो बेला बालबच्चा सम्झेर भक्कानो फुट्ने वेदना पोख्छिन्(५ बालबच्चाकी आमा सञ्जु माझी।

के गर्दै होलान् पुलमुनि बस्नेहरू ?

कोहलपुरबाट दक्षिणजाने राजमार्गमै भेटिन्छ बनारा नदी। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पर्ने यो नदीको पुलमुनि खाना बनाउँदै गरेको अवस्थामा भेटिएकी थिइन् राधा ताम्राकार। उनी जस्तैका १८ झुप्रा देखिन्थे किनारमै। तीमध्ये झुप्रा नजिकै खाना बनाउनेसमेत ठाउँ नभएकाहरूपुलमुनि खाना बनाउने गर्दा रैछन्। ‘बाढी आएका बेला सबैजना रुखमा चढेर ज्यान जोगाउने हो। यस्तोबेलामा खाने त कल्पनासमेत गर्न सकिन्न’(राधाले भनेकी थिइन्। यतिबेला लागिरहेको छ– तिनीहरू के गर्दै होलान् ? नागरिक दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.