भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सिंहदरबारको पूर्वीखण्ड प्रबलीकरण यसै हप्ता सकिँदै


  • माघ २७, २०७७
  • 754 Views
सिंहदरबारको पूर्वीखण्ड प्रबलीकरण यसै हप्ता सकिँदै image

काठमाडौं । २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक भवनमध्ये सिंहदरबारको पूर्वी भाग प्रबलीकरणको काम अन्तिम चरणमा पुगेको छ । तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रबलीकरण यही माघ भित्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन आयोजनाका इन्जिनियर रोशन यादवले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार अहिले फर्निचर, फिनिसिङ्ग, इलेक्टिकका कामसँगै सरसफाईको काम भइरहेको छ । पूर्वी भागको प्रबलीकरणको काम आन्तरिक साजसजावटको काम पनि सकिन लागेको छ । पूर्वी भाग प्रबलीकरणका लागि फागुन ११ गते सम्मको अवधि भए पनि निर्माण कम्पनीले समयवधि अघि नै माघ मसान्तभित्रै भवन हस्तान्तरण गर्ने बताएको छ ।

यो भवन पुरानै मौलिकतामा र पुरानै आकारमा प्रबलीकरण गरिएको आयोजनाको भनाइ छ । भूकम्पका कारण क्षति भएको भवनका बाहिरका बुट्टालगायत नबिग्रिने गरी पुरानै आकारमा बनाइएको इन्जिनियर यादवले बताउनुभयो । कोरोनाको समयमा पनि कामदारहरुलाई सिंहदरबार भित्रै राखेर काम भएको थियो । अहिले पनि विहान ६ बजे देखि राति १० बजेसम्म उक्त भवनको प्रबलीकरण काम भइरहेको छ । गौरी शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रबलीकरण गरिरहेको छ । गोरखापत्र दैनिकबाट ….

 


Thali Mobile Pvt.Ltd.