भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको १ लाख ६५ हजार नाघ्यो


  • कार्तिक ५, २०८१
  • 339 Views
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको १ लाख ६५ हजार नाघ्यो image

काठमाडौं । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँ पुगेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ बढेसँगै चाँदी पनि महंगिएको छ। चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा खरदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा भाउ बढेको विज्ञहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स ९२।६६ तोला० करिब २७ सय अमेरिकी डलर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको हो। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 

 


Thali Mobile Pvt.Ltd.