भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने


  • असार २६, २०७८
  • 816 Views
सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने image

काठमाडौं । आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा खोप आउन लागेको छ, त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार नेपालका लागि १५ लाख र भुटानका लागि ५ लाख मात्रा खोप पठाउन लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले केही समयअघि मात्रै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई पत्र लेख्दै खोपमा सहयोग गर्न आग्रह गरेकी थिइन् । कोरोनाविरुद्ध बनेका अन्य खोपहरू दुई मात्रा लगाउनुपर्ने भए पनि जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा मात्र लगाए पुग्ने खोप विज्ञहरूको भनाइ छ । नेपालमा हालसम्म कोभ्याक्स फ्यासिलिटीमार्फत अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतको सेरम इन्टिस्च्युटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज प्राप्त भएको छ ।

कोभ्याक्सले कुल जनसख्ंयाको २० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । तर, प्रतिबद्धताअनुरूप समानुपातिक तवरबाट खोप वितरण नभएको भन्दै आलोचना हुँदै आएको छ । नेपालमा प्राप्त हुने जोन्सन एन्ड जोनसनको १५ लाख मात्रा कुन समूहलाई दिने निक्र्योल नभए पनि खोप कार्ययोजनामा तय गरिएको खोप प्राथमिकता समूहका आधारमा उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको तयारी छ । स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख मात्रा जोन्सन एन्ड जोन्सन खोप खरिदका लागि पत्राचार गरेको थियो । तर, सो पत्रको जवाफ अहिलेसम्म आएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले विपन्न र गरिब मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

आठ लाख भेरोसिल आइपुग्यो
कोरोना भाइरसविरुद्धको भेरोसिल खोपको पहिलो खेप शुक्रबार ८ लाख मात्रा नेपाल भित्रिएको छ । योसँगै नेपालले हालसम्म ५० लाख ४८ हजार मात्रा प्राप्त गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ साउन र ८ साउनमा बाँकी भेरोसिल खोप आउनेछ । नेपालले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोपमध्ये पहिलो चरणको खोप शुक्रबार नेपाल आइपुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलका अनुसार हालसम्म २६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै, दोस्रो मात्रा लगाउनेको संख्या ९ लाख ६४ हजार ५ सय रहेको छ ।

यस्तै, शुक्रबार देशभर २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ३ सय १३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गरिएको थियो । ६ हजार ६ सय ५७ जना पीसीसार परीक्षण गर्दा १ हजार २ सय ३९ र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ६० जनामा संक्रमण देखिएको हो । यस्तै, देशभर शुक्रबार १ हजार ३ सय १६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख ६१ हजार ९ सय २९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या घटे पनि कोरोना जोखिम कायम नै रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । राजधानी दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.