DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

स्थानीय तहमा अब कांग्रेस पहिलो दल


  • जेष्ठ ५, २०७९
  • 389 Views
स्थानीय तहमा अब कांग्रेस पहिलो दल image

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनामा प्राप्त परिणामअनुसार नेपाली कांग्रेस स्थानीय तहमा अब पहिलो दल बन्ने पक्का भएको छ । २०७४ को निर्वाचनमा स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विगत जोगाउने परिणाम ल्याउन नसक्दा एक स्थान तल झर्दै दोस्रो बन्ने देखिएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा प्रमुख(अध्यक्षमा जित हात पारेको थियो भने २ सय ६६ स्थानीय तहमा कांग्रेसले जितेको थियो । तर बुधबार राति अबेरसम्मको प्रारम्भिक परिणामअनुसार कांग्रेसले विगतको दोस्रो स्थानको हैसियतलाई बदल्दै स्थानीय तहमा पहिलो दल बन्ने पक्का भएको हो ।

राति अबेरसम्मको परिणामअनुसार कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ३० स्थानीय तहमा प्रमुख(अध्यक्षमा जित हात पारेको छ भने ८७ स्थानीय तहमा अग्रता लिएको छ । यो अग्रता हेर्दा कांग्रेसले ३ सय बढी स्थानीय तहमा जित निकाल्ने देखिएको छ । यस्तै, नेकपा एमालेले १ सय ४९ तहमा प्रमुख÷अध्यक्षमा जित हात पार्दा ५० स्थानीय तहमा अग्रता लिएको छ । यो अंक हेर्दा स्थानीय तहमा एमालेले विगतको भन्दा करिब ९० स्थानीय तह गुमाउने देखिएको छ । यसैगरी, विगतको स्थानीय तह निर्वाचनमा १ सय ६ तह जित्दै तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले भने विगतको हैसियतलाई अंकमा बढाएर तेस्रो स्थानलाई सुरक्षित गर्ने पक्का भइसकेको छ । बुधबार रातिसम्मको परिणामअनुसार माओवादी केन्द्रले १ सय स्थानीय तहमा जित निकालिसकेको छ भने २० स्थानीय तहमा अग्रता लिएको छ ।

यसैगरी, स्थानीय तहमा चौंथो दलको हैसियतमा भने जनता समाजवादी पार्टी नेपालको सम्भावना बढेको छ । बुधबार राति अबेरसम्मको परिणामअनुसार जसपाले १० स्थानीय तहमा प्रमुख÷अध्यक्ष जितेको छ भने नेकपा एसले नौ तहमा प्रमुख÷अध्यक्ष जितेको छ । यस्तै, नेकपा एसले ११ र जसपाले २५ स्थानीय तहमा अग्रता लिएको छ । राति अबेरसम्मको प्रारम्भिक परिणामअनुसार कांग्रेसबाट २ सय १५ स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भइसकेका छन् । यस्तै, ८० तहमा उपप्रमुख(उपाध्यक्ष पदमा कांग्रेस अघि छ । यसैगरी, १ सय ५३ स्थानीय तहमा एमालेका उपप्रमुख(उपाध्यक्ष निर्वाचित भएका छन् । यसैगरी, ८५ तहमा एमालेको अग्रता छ ।

यस्तै, नेकपा माओवादी केन्द्रका १ सय ५ जना उपप्रमुख(उपाध्यक्ष विजयीबन्दा १८ स्थानमा अग्रता छ । यसैगरी, नेकपा एसका १६ उपप्रमुख(उपाध्यक्ष निर्वाचित बन्दा तीन तहमा सो पदमा अग्रता छ । जसपा नेपालले स्थानीय तहका उपप्रमुख(उपाध्यक्ष पदमा ११ स्थानमा जित निकालेर १६ तहमा सो पदमा अग्रता लिएको छ । यस्तै, लोसपाले प्रमुख÷अध्यक्षमा एक तहमा जितेको छ भने नौ तहमा अघि छ । उपप्रमुख÷उपाध्यक्ष पदमा लोसपाका उम्मेदवारले एक तहमा जित्दा १० तहमा अघि छ । स्थानीय तहको नेतृत्व चयनका लागि गत ३० वैशाखमा भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार कायम छन् । तीमध्ये स्थानीय तहमा ३५ हजार २ सय २१ जना जनप्रतिनिधि पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् ।

स्थानीय तह निर्वाचनबाट ७ सय ५३ पालिकामध्ये २ सय ९३ मा नगर प्रमुख र ४ सय ६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् । यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् ।

आयोगले दलहरूलाई भन्यो– मतगणनामा बखेडा नझिक्नू
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको जारी मत गणनालाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले मतगणना कार्यमा सानातिना विषयमा विवाद गर्ने, गणना पुनः गर्न लगाउने तथा झिनो मतान्तर देखिएमा सुरुदेखि नै गन्न लगाउने कार्य भइरहेको प्रति चिन्ता व्यक्त गर्दै मत गणनालाई प्रभावकारी बनाउन भनेको हो । ‘मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाई विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथासमयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोग हार्दिक आग्रह गर्दछ,’ आयोगद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले जनप्रतिनिधिविहीनताको अवस्था आउन नदिन आज बिहीबार ९५जेठ० भित्रै मतगणना सक्नसमेत निर्देशन दिएको छ । ‘मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम प्रयास भइरहेको कुरा सबैमा जानकारी गराउन चाहन्छौं,’ आयोगको विज्ञप्तिमा उल्लेख छ, ‘धेरै मतगणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाका हकमा बढीभन्दा बढी मतगणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्न यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोग पुनः स्मरण गराउन चाहन्छु ।’ राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.