भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

स्वदेशी बैंकबाटै एक सय मेगावाटको आयोजनामा ऋण लगानी


  • फाल्गुन १४, २०७७
  • 544 Views
स्वदेशी बैंकबाटै एक सय मेगावाटको आयोजनामा ऋण लगानी image

काठमाण्डाैं । एक सय मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । गोरखा र चितवनको दोसाधस्थित त्रिशूली नदीमा ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाका लागि ऋण लगानी सम्झौता भएसँगै लगानी जुटेको हो । स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुबाटै ऋण लगानी जुटेका एक सय मेगावाटभन्दा माथिका कम आयोजनामध्ये निजी क्षेत्रबाट प्रवद्र्धित सुपर त्रिशूली पनि एक ठूलो आयोजना हो । यसअघि १६० मेगावाटको निजी क्षेत्र प्रवद्र्धित एक आयोजनाले हालै लगानी जुटाएको थियो ।

सराफ समूहको समेत लगानी रहेको ब्ल्यू इनर्जीमा नेपाल इनभेष्टमेन्ट बैंकको अगुवाईमा ७ बैंकले ऋण लगानी गर्न प्रतिबद्धता जनाएका छन् । आयोजनामा आयोजनाको प्रवद्र्धक कम्पनीका कार्यकारी निर्देशक बरुण सराफ र बैंकहरूका प्रतिनीधिहरुबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । सरफ समूहको २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनामा पनि लगानी छ ।
१६ अर्ब २४ करोड ६६ लाख रुपैयाँ कुल लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत अर्थात १२ अर्ब १८ करोड ४९ लाख ऋण नेपाल इन्भेष्टमेन्टसहित कुमारी, ग्लोबल आइएमई, एभरेष्ट बैंक, हिमालयन, नेपाल एसबीआई र नबिल बैंकले ऋण लगानी गर्दैछन् ।

आयोजनामा प्रवद्र्धक कम्पनीले २५ प्रतिशत ४ अर्ब ६ करोड १६ लाख रुपैयाँ स्वपुँजी (इक्वेटी) लगानी गर्दैछन् । आयोजनाका अनुसार, ४९८ गिगावाट आवर बार्षिक विद्युत उत्पादन गर्ने आयोजनाबाट ७० प्रतिशत वर्षा र ३० प्रतिशत हिउँदमा उत्पादन हुनेछ ।
निर्माणका लागि सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै आयोजनाले सन् २०२१ के नोभेम्बरसम्ममा मुख्य निर्माणको कार्य सुरु गरिने र चार बर्षभित्र पूरा गरिने लक्ष्य राखिएको छ । आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भइसककेको छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत् मार्किचोक सबस्टेसनमा लगेर जोडिनेछ । कम्पनीका अनुसार, सबस्टेसनसम्म आवश्यक १८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्मण गरी सवस्टेनमा जोडिनेछ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.