भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हायस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु


  • फाल्गुन २३, २०७७
  • 817 Views
हायस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु image

विराटनगर । हायस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानामा भएको सो दुर्घटनामा थप दुई जना गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस र विपरीत दिशा (पूर्वबाट पश्चिमतर्फ) बाट आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार राति पौने १ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवाल रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा ज्यान गएको हो । उनीहरूको पहिचान बिहान ७ बजे मात्रै खुलेको प्रहरीले जनाएको छ ।

एसपी शर्माका अनुसार दुर्घटनामा परेर हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका उत्सव गिरी गम्भीर घाइते भएका छन् । दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना भएपनि हायसमा यात्रा गरिरहेका १२ जना यात्रु भने सकुशल रहेका छन् । तीव्र गतिमा रहेको मोटरसाइकल सुन्दरहरैँचा–८ मा एक्कासि हायसको अगाडिको भागमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शी यात्रुले बताएका छन् । त्यसपछि अनियन्त्रित बनेको हायसले मोटरसाइकललाई घिसारेर दुई सय मिटर पर सडकको दक्षिणतर्फ सुन्दरहरैँचा–७ स्थित खेतमा पुर्‍याएको एसपी शर्माले जानकारी दिए ।

दुर्घटनापछि मोटरसाइकलमा आगो लागेको थियो । आगोले जलेर मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट देनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.