DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हेटौंडामा बसको ठक्करले मोटरसाईकल सवार दुईको मृत्यु


  • आश्विन ३०, २०७८
  • 460 Views
हेटौंडामा बसको ठक्करले मोटरसाईकल सवार दुईको मृत्यु image

मकवानपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दि‌दा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । शुक्रबार राति करिब १0 बजेको समयमा नारायणगढबाट काँकडभिट्टा जादै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारमा हेटौंडा–१५ पनेस बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ बर्षीय सुशान्त दियाली रहेको प्रहरीले जनाएको छ ।

स्थानीयले घटनास्थमा ठक्कर दिने बसलाई तोडफोड गर्न थालेपछि राति नै ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.