भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

होस्टल व्यवसायी संघ नेपालको वार्षिकोत्सव सम्पन्न, व्यवस्थित र मर्यादित सेवा प्रदान गर्ने विश्वास


  • श्रावण २६, २०८०
  • 245 Views
होस्टल व्यवसायी संघ नेपालको वार्षिकोत्सव सम्पन्न, व्यवस्थित र मर्यादित सेवा प्रदान गर्ने विश्वास image

काठमाडाैं ।  होस्टल व्यवसायी संघ नेपालले प्रथम वार्षिकोत्सब सम्पन्न भएको छ । सो अवसरमा संघले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव सम्पन्न गरेको हो । एक कार्यक्रमकाबीच राजधानीमा निःशुल्क स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रमपनि सम्पन्न गरेको छ ।

जसमा ५४ जनाले रक्तदान गरेका थिए भने विभिन्न क्षेत्रका गरी ४०० बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको संघका केन्द्रीय सदस्य रमा योगीले बताइन् । रक्तदान र निःशुल्क स्वाथ्य परिक्षण गर्नपाउँदा सहभागि खुसी भएका थिए भने हस्पिटलले उपचारमा ३० प्रतिशत छुट दिने बताएको छ ।

कार्यक्रमलाई सफल बनाउन हरेक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै संघले प्रमुख आतिथी, डाक्टर, नर्सलगायत रक्तदान गर्ने सम्पुर्ण दाताहरु, होस्टल व्यवसायीहरुलाई धन्यवाद दिएको छ ।

नयाँ बानेश्वर स्थित एभरेष्ट हस्पिटल प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा सहभागिलाई संघका कार्यवाहक अध्यक्ष रुपाली पौडेलले सवैलाई बधाइ दिइन् । एभरेष्ट हस्पिटल प्रा.लि.को सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

संघका कार्यवहाक अध्यक्ष रुपाली पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष राम कुमार केसी प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले होस्टल भन्नाले खान र बस्नका लागि मात्र नभई अभिभावकत्व प्रदान गर्ने प्रमुख दायित्व भएको बताए ।

व्यवस्थित र मर्यादित भएर सेवा प्रवाह गर्न होस्टल संचालनको मुख्य जिम्मेवारी रहेकाले संचालहरुले आफ्नो दायित्वको मर्यादा नभुल्न सुझाव दिएका थिए । होस्टल व्यवसायबाट विशेष गरी महिलालाई स्वरोजगार बनाउनुका साथै कुक, हेल्पर बन्न सहयोगीको भूमिका खेलेको बताए ।

होस्टेलमा १६ देखि २५ वर्ष उमेर समूहका विद्यार्थी बस्ने भएकाले उनीहरुको विशेष हेरचाह गर्न आवश्यक हुने संघका केन्द्रीय सदस्य तथा साझा ब्वाइज होस्टेलका संचालक रमा योगीले बताइन् । होस्टल व्यवसायीका विभिन्न चुनौती रहेको सस्थापक अध्यक्ष एवं सल्लाहकार चेतन दाहालले बताए ।

एज ग्रुपले नयाँ ठाउँ नयाँ रहन सहनमा बस्ने भएकाले उनीहरुलाई असल सस्कार दिनु पनि चुनौतीको विषय भएको उनको भनाइ छ । त्यस्तै विद्यार्थीलाई स्वास्थ्य विमा पनि गर्ने खालको भावि योजना रहेको सस्थापक उपाध्यक्ष एवं सल्लाहकार सुनिल भेटवालले बताए ।

एभरेष्ट हस्पिटल प्रा.लि. नयाँबानेश्वर तथा हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरको सहकार्यमा भएको बृहत रक्तदान कार्यक्रममा रक्तदातालाई किरन शर्मा महासचिव होस्टल व्यवसायी संघ, किरण योगी इनचार्ज हिमाल ब्लड बैंक, दिपक चन्द्र बराल प्रमुख प्रशासकीय अधिकृत एभरेष्ट हस्पिटल प्रा. लि.

राम कुमार के.सी. प्रमुख अतिमि वडा अध्यक्ष, का.म.पा. १०, रुपाली पौडेल का. वा. अध्यक्ष, होस्टल व्यवसायी संघद्धारा हस्ताक्षरित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.