भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

७ प्रतिशतलाई कोरोना खोप


  • जेष्ठ २९, २०७८
  • 526 Views
७ प्रतिशतलाई कोरोना खोप image

काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २२ लाखले पहिलो मात्रा र ८ लाखभन्दा बढी नागरिकले पहिलो तथा दोस्रो खोप लगाएका हुन् । तथ्यांकमा नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ६६ हजार ४ सय ८५ उल्लेख छ । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजनासमेत बनाएको छ । गत १४ माघ २०७७ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो ।

हाल, चीनले अनुदान उपलब्ध गराएको १० लाख मात्रा भेरोसिल खोप लगाउने अभियान जारी छ । यद्यपि, काठमाडौं महानगरपालिकासहित केही पालिकामा खोप सकिएपछि अभियान स्थगित भएको छ ।स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई लगाउनुपर्ने देखिएको छ । औषधि व्यवस्था विभागले कोभिसिल्ड, भेरोसिल, कोभ्याक्सिन, स्पुतनिक भी र साइनोभ्याकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खोप खरिदका लागि सरकार लागिपरेको भन्दै केही दिनमै खोप आउने विश्वास दिलाएका छन्् । ‘केही दिनमै खोपसम्बन्धी सुखद समाचार सुन्नुहुनेछ,’ मन्त्री तामाङले शुक्रबार राजधानीसँग भने, ‘तर सबैभन्दा मुख्य कुरा सुरक्षित भएर बस्नु नै हो ।’ सरकारले १४ लाख ज्येष्ठ नागरिकलाई हालसम्म कोभिसिल्ड खोप दोस्रो मात्रा लगाइसक्नुपर्ने हो । तर, भारत सरकारमार्फत खरिद गरिएको खोप उपलब्ध नहुँदा ‘कहिले लगाउने ?’ भन्ने अन्योल छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा। तारानाथ पोखरेलले कोभिसिल्ड खोप लगाएकालाई एस्ट्रेजेनिका लगाइने जानकारी दिए । तर, सो खोप पनि ‘कहिले आउने रु’ कुनै टुगो छैन । औषधि व्यवस्था विभागले कोभिसिल्ड, भेरोसिल, कोभ्याक्सिन, स्पुतनिक भी र साइनोभ्याकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । यसैबीच, देशभर शुक्रबार थप ५ हजार २ सय २५ निको भएसँगै हालसम्म ५ लाख २० हजार ८ सय १६ संक्रमित घर फर्केका छन् । नेपालमा संक्रमित निको दर ८६ दशमलव २ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ९८ जनाको पीसीआर र ५ हजार ५ सय ८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

पीसीआरबाट २ हजार ७ सय ९ र एन्टिजेनबाट १ हजार ४१ संक्रमित थपिएका छन्् । शुक्रबार देशभर थप ६७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट अहिलेसम्म ८ हजार ३ सय ५ को मृत्यु भएको छ ।यसैगरी, देशभर १ हजार १ सय ८९ आईसीयू र ३ सय ६६ संक्रमित भेन्टिलेटरमा छन्् । प्रदेश १ मा १ सय ९६ आईसीयू र ५४ भेन्टिलेटर, प्रदेश २ मा ५८ आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत छन्् । बाग्मती प्रदेशमा ६ सय ८७ आईसीयू र २ सय ४१ जना भेन्टिलेटरमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ८९ आईसीयू र २७ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १६ आईसीयू र १८ जना भेन्टिलेटर, कर्णालीमा २२ जना आईसीयू र चार जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २१ आईसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत छन्् । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.