भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

९ केजी सुनसहित त्रिभुवन विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ


  • माघ १९, २०७९
  • 277 Views
९ केजी सुनसहित त्रिभुवन विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ image

काठमाडौँ — त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले बताए ।

पाण्डेका अनुसार ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको उनले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

सुन भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाइँदै आइएको छ । यसअघि १९ केजी सुनसहित गत महिना दुई सुडानी पक्राउ परेका थिए । बुधबार राति बरामद गरिएको सुन पनि त्यसैको निरन्तरता हुन सक्ने अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन् । सुडानी र क्यानडेली नागरिकको संलग्नता र नेक्ससमामाथि केन्द्रित भएर पनि अनुसन्धान थालिएको उनले बताए । कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.