भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

विद्युत् महसुल नतिर्ने उद्योगविरुद्ध कुलमानको कडा चेतावनी, थाले कारोबार रोक्ने कदम

विद्युत् महसुल नतिर्ने उद्योगविरुद्ध कुलमानको कडा चेतावनी, थाले कारोबार रोक्ने कदम

काठमाडौं । विद्युत् महसुल नतिर्ने उद्योगविरुद्ध नेपाल विद्युत् प्राधिकरणले चेतावनीसहितको अर्को कदम चालेको छ । बक्यौता नतिरेका ३४ उद्योगको बैंक खाता रोक्का र नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै आवश्यक कारबाही गर्ने कदम चालेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रिमियम महसुल बक्यौता रहेका उद्योगका सम्बन्धमा बुधबार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पत्र पठाएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालय र सेयर जारी गर्न अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई घिसिङले पत्र पठाएका हुन् ।

यसैगरी कम्पनी रजिस्ट्रारमा सेयरको हक हस्तान्तरण र धितो बन्धक रोक्का गर्न पनि प्राधिकरणले पत्र पठाएको छ । मन्त्रिपरिषद् बैठकको २०८१ कात्तिक २५ को निर्णय एवं विद्युत नियमन आयोगको ०८१ मंसिर ११ को पत्रको बुँदा नं ३ उद्धृत गर्दै प्राधिकरणले बक्यौता असुलीको लागि उद्योगको विद्युत विच्छेदको कारबाहीबाहेक अन्य कारवाही गर्न भनिएकाले सोही निर्देशनबमोजिम पत्र लेखेको छ ।

बक्यौता रकम भुक्तानी गर्न विभिन्न समयमा अवधि दिइएकोमा सो अवधिभित्र पनि उपभोक्ताबाट महसुल भुक्तानी नगरेकोले नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३२ क र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४० २ एवं विभिन्न अदालतको फैसलाबमोजिम बक्यौता रकम असुलीको निम्ति सम्बन्धित निकायको उल्लिखित रकम

असुली नभएसम्म ती कम्पनीहरूले खातामा रकम जम्मा गर्न पाउने खाताबाट रकम झिक्न नपाउने गरी बैंक खाता रोक्का गरी विद्युत महसुलवापतको सार्वजनिक राजस्वको रकम असुली गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ । यता विद्युत् महसुल नतिर्ने ३४ उद्योगका सञ्चालकहरूको घरको लाइन काट्ने तयारी गरेको स्रोतको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.