भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द

महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द

कञ्चनपुर, १४ असाेज । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल भत्काएको छ । बुधबार बिहान नदीको बीच भागमा रहेको पिलर भत्किएपछि पुलको केही भाग नदीमा बगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दोधारा–चाँदनीतर्फको तेस्रो स्पानमा क्षति पुगेको हो । सुरुमा पुलको करिब ५–६ मिटर भाग माथि उठेपछि आवागमनमा समस्या भएको थियो । त्यसपछि पिलरसमेत भत्किएर पुलको भाग चुँडिएको प्रहरीले जनाएको छ ।

पुल भत्किएपछि उक्त मार्गमा आवतजावत पूर्ण रूपमा ठप्प भएको छ । करिब १ हजार ४५३ मिटर लामो यो झोलुङ्गे पुल दोधारा–चाँदनीका बासिन्दाका लागि लामो समयदेखि महत्वपूर्ण आवागमनको माध्यम रहँदै आएको थियो ।

महाकालीमाथि निर्माण गरिएको यो पुल केही वर्षदेखि जीर्ण अवस्थामा रहेको थियो । पछिल्लो समय दोधारा–चाँदनी र महेन्द्रनगर जोड्ने पक्की पुल निर्माण भएपछि झोलुङ्गे पुलको प्रयोग भने विगतको तुलनामा घटेको थियो । प्रहरी तथा सम्बन्धित निकायले पुलमा भएको क्षतिको थप विवरण संकलन गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.