भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द

महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द

कञ्चनपुर, १४ असाेज । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल भत्काएको छ । बुधबार बिहान नदीको बीच भागमा रहेको पिलर भत्किएपछि पुलको केही भाग नदीमा बगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दोधारा–चाँदनीतर्फको तेस्रो स्पानमा क्षति पुगेको हो । सुरुमा पुलको करिब ५–६ मिटर भाग माथि उठेपछि आवागमनमा समस्या भएको थियो । त्यसपछि पिलरसमेत भत्किएर पुलको भाग चुँडिएको प्रहरीले जनाएको छ ।

पुल भत्किएपछि उक्त मार्गमा आवतजावत पूर्ण रूपमा ठप्प भएको छ । करिब १ हजार ४५३ मिटर लामो यो झोलुङ्गे पुल दोधारा–चाँदनीका बासिन्दाका लागि लामो समयदेखि महत्वपूर्ण आवागमनको माध्यम रहँदै आएको थियो ।

महाकालीमाथि निर्माण गरिएको यो पुल केही वर्षदेखि जीर्ण अवस्थामा रहेको थियो । पछिल्लो समय दोधारा–चाँदनी र महेन्द्रनगर जोड्ने पक्की पुल निर्माण भएपछि झोलुङ्गे पुलको प्रयोग भने विगतको तुलनामा घटेको थियो । प्रहरी तथा सम्बन्धित निकायले पुलमा भएको क्षतिको थप विवरण संकलन गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.