भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग

मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग

काठमाडौं, १४ असाेज । पर्यटन क्षेत्रमा प्रभावित तथा बेपत्ता मजदुरसँगै बाढी तथा विपद्का कारण हराइरहेका विदेशी पर्यटकको यथार्थ विवरण सार्वजनिक गर्न एशोसिएसन अफ कैलाश टुर अपरेसन नेपालका सचिव गोपाल थापाले माग गरेका छन् ।

थापाले विपद्का क्रममा हराइरहेका विदेशी पर्यटकको समयमै प्रमाणीकरण हुन नसक्दा खोजी, उद्धार तथा उनीहरूका परिवारलाई आवश्यक जानकारी दिन समस्या भइरहेको बताएका छन् । उनले हराइरहेका विदेशी पर्यटकको आधिकारिक तथ्याङ्क तत्काल प्रमाणीकरण गरी सार्वजनिक गर्न आग्रह गरेका छन् ।

उनले पर्यटन क्षेत्रका प्रभावित मजदुर तथा उनीहरूका परिवारले भोगिरहेको समस्या, प्राप्त राहत तथा सहयोग र प्रभावित मजदुरको अवस्थाबारे सम्बन्धित निकायले स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने बताए । प्रभावित मजदुर तथा सदस्य कम्पनीले हालसम्म प्राप्त गरेको राहत र सहयोगको विवरणसमेत पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने उनको माग छ ।

त्यस्तै, नेपाल पर्यटन बोर्डमा रहेको मजदुर राहत कोषको रकम कसरी, कसका लागि र कुन आधारमा परिचालन भइरहेको छ भन्नेबारे पनि स्पष्ट जानकारी दिन उनले आग्रह गरेका छन् । वास्तविक पीडित मजदुर तथा उनीहरूका परिवारले समयमै राहत पाउने गरी वितरण प्रक्रिया पारदर्शी बनाउनुपर्ने उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डले प्रभावित तथा बेपत्ता मजदुरको तथ्याङ्क सङ्कलन गरिरहेको भए अहिलेसम्म पुष्टि भएको आधिकारिक विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न पनि थापाले माग गरेका छन् ।

बाढी तथा विपद्का कारण हराइरहेका विदेशी पर्यटकको खोजी तथा उद्धारमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै उनले प्रभावित मजदुर, परिवार तथा विदेशी पर्यटकका सम्बन्धित पक्षलाई सत्यतथ्य जानकारी उपलब्ध गराउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.