भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग

मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग

काठमाडौं, १४ असाेज । पर्यटन क्षेत्रमा प्रभावित तथा बेपत्ता मजदुरसँगै बाढी तथा विपद्का कारण हराइरहेका विदेशी पर्यटकको यथार्थ विवरण सार्वजनिक गर्न एशोसिएसन अफ कैलाश टुर अपरेसन नेपालका सचिव गोपाल थापाले माग गरेका छन् ।

थापाले विपद्का क्रममा हराइरहेका विदेशी पर्यटकको समयमै प्रमाणीकरण हुन नसक्दा खोजी, उद्धार तथा उनीहरूका परिवारलाई आवश्यक जानकारी दिन समस्या भइरहेको बताएका छन् । उनले हराइरहेका विदेशी पर्यटकको आधिकारिक तथ्याङ्क तत्काल प्रमाणीकरण गरी सार्वजनिक गर्न आग्रह गरेका छन् ।

उनले पर्यटन क्षेत्रका प्रभावित मजदुर तथा उनीहरूका परिवारले भोगिरहेको समस्या, प्राप्त राहत तथा सहयोग र प्रभावित मजदुरको अवस्थाबारे सम्बन्धित निकायले स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने बताए । प्रभावित मजदुर तथा सदस्य कम्पनीले हालसम्म प्राप्त गरेको राहत र सहयोगको विवरणसमेत पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने उनको माग छ ।

त्यस्तै, नेपाल पर्यटन बोर्डमा रहेको मजदुर राहत कोषको रकम कसरी, कसका लागि र कुन आधारमा परिचालन भइरहेको छ भन्नेबारे पनि स्पष्ट जानकारी दिन उनले आग्रह गरेका छन् । वास्तविक पीडित मजदुर तथा उनीहरूका परिवारले समयमै राहत पाउने गरी वितरण प्रक्रिया पारदर्शी बनाउनुपर्ने उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डले प्रभावित तथा बेपत्ता मजदुरको तथ्याङ्क सङ्कलन गरिरहेको भए अहिलेसम्म पुष्टि भएको आधिकारिक विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न पनि थापाले माग गरेका छन् ।

बाढी तथा विपद्का कारण हराइरहेका विदेशी पर्यटकको खोजी तथा उद्धारमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै उनले प्रभावित मजदुर, परिवार तथा विदेशी पर्यटकका सम्बन्धित पक्षलाई सत्यतथ्य जानकारी उपलब्ध गराउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.