भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

महरा र चौधरीको छुट्टै बयान

महरा र चौधरीको छुट्टै बयान

काठमाडौं । सुन प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोप लागेका कांग्रेस सांसद विनोद चौधरीको बयान लिने काम सकिएको छ ।

३३ किलो सुन काण्डमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण वहादुर महरा र बाँसवारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद एवं उद्योगीपति विनोद चौधरीसँग छुट्टा छुट्टै बयान लिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । चार दिनको म्याद थप गरेर बुधबार र विहिबार दुईदिन महराको र सांसद चौधरीको बयान लिइएको हो ।

बयानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैं सांसद चौधरीले एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मीको हैसियतमा कानुनलाई सघाउन बयानका लागि स्वयम् आफु कानुन समक्ष उपस्थित भएको बताए । चौधरीलाई आवश्यक परे जतिखेर पनि बयानका लागि बोलाइने जनाएको छ ।

म्याद सकिएसंगै थप अनुसन्धानको प्रक्रिया अगाडि बढाउन महरालाई जिल्ला अदालत समक्ष शुक्रबार हाजिर गराईने कार्यालयले जनाएको छ । सुन प्रकरणका आरोपी महरा र जग्गा प्रकरणका आरोपी चौधरीको बयान टुंग्गिएपनि अनुसन्धानको काम भने जारी रहेको जिल्ला न्यायाधीवक्ता खडिन्द्र राज कटुवालले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.