भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महरा र चौधरीको छुट्टै बयान

महरा र चौधरीको छुट्टै बयान

काठमाडौं । सुन प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोप लागेका कांग्रेस सांसद विनोद चौधरीको बयान लिने काम सकिएको छ ।

३३ किलो सुन काण्डमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण वहादुर महरा र बाँसवारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद एवं उद्योगीपति विनोद चौधरीसँग छुट्टा छुट्टै बयान लिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । चार दिनको म्याद थप गरेर बुधबार र विहिबार दुईदिन महराको र सांसद चौधरीको बयान लिइएको हो ।

बयानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैं सांसद चौधरीले एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मीको हैसियतमा कानुनलाई सघाउन बयानका लागि स्वयम् आफु कानुन समक्ष उपस्थित भएको बताए । चौधरीलाई आवश्यक परे जतिखेर पनि बयानका लागि बोलाइने जनाएको छ ।

म्याद सकिएसंगै थप अनुसन्धानको प्रक्रिया अगाडि बढाउन महरालाई जिल्ला अदालत समक्ष शुक्रबार हाजिर गराईने कार्यालयले जनाएको छ । सुन प्रकरणका आरोपी महरा र जग्गा प्रकरणका आरोपी चौधरीको बयान टुंग्गिएपनि अनुसन्धानको काम भने जारी रहेको जिल्ला न्यायाधीवक्ता खडिन्द्र राज कटुवालले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.