भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

संविधान संशोधनबारे सार्वजनिक रूपमा बहस हुनुपर्छः मनिष झा

संविधान संशोधनबारे सार्वजनिक रूपमा बहस हुनुपर्छः मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले संविधान संशोधनको विषयमा सार्वजनिक रूपमा बहस गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले संविधान संशोधनका बुँदाहरूबारे सार्वजनिक रूपमा बहस गर्नुपर्ने बताएका हुन् ।

उनले दुई पार्टीका दुई वृद्ध नेताले व्यापारीको घरमा बसेर गरेको सहमति देशले स्वीर्कानुपर्ने बाध्यता नरहेको बताए । संविधान संशोधनमा संलग्न बुँदा पनि सार्वजनिक गर्नुपर्ने र त्यसलाई सार्वजनिक रूपमा बहस गर्नुपर्ने उनको भनाइ छ ।

उनले संविधान संशोधनले आगामी पुस्ताको जीवनमा समेत प्रभाव पार्ने भएकाले यस विषयमा सर्वपक्षीय बहस हुनुपर्ने बताए ।

 

 


Thali Mobile Pvt.Ltd.