भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

देशलाई आत्मनिर्भर बनाउन सबैले भूमिका खेल्नु पर्नेः मेयर प्रजापति

देशलाई आत्मनिर्भर बनाउन सबैले भूमिका खेल्नु पर्नेः मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले देशलाई आत्मनिर्भर बनाउँनु पर्ने बताएका छन् । बाराही बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं स्थापना दिवसको अवसरमा उक्त कुरा बताएका हुन् ।

अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौताका बुँदाहरु राष्ट्रघाती रहेको बताउँद एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गर्न शासक दलहरुले जनतालाई अनेक छलछाम गरिरहेको गरेको बताए ।

भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाईलगायतका क्षेत्रमा गरिरहेको उदाहरणीय काम गर्दै प्रमुख प्रजापतिले देशलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ भक्तपुर नपाले आफ्ना गतिविधिहरुलाई अगाडि बढाइरहेको जानकारी दिए ।

त्यसैगरी प्रमुख प्रजापतिले कोभिड महामारीको समयमा ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न भक्तपुर नपाभित्र सञ्चालित सहकारी संस्थाले गरेको सहयोग अमूल्य भएको बताए । सहकारी संस्थाले नाफा–नोक्सानलाई भन्दा सामूहिक हितका कामहरुमा जोड दिनुपर्ने बताउदै सहकारी संस्थाहरु रकम लेनदेनमा मात्रै सीमित नरही संस्थामा जम्मा भएको पुँजीलाई रोजगारीमूलक उद्योग स्थापनातिर ध्यान दिनु आवश्यक भएको जोड दिए ।

भक्तपुर नगरपालिकाले नगरभित्र गैरकानुनी ढंगले सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थाको अनुगमन र नियमनलाई गर्दै नपाबासीको बचत रकम सुरक्षित होस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्र पारिरहेको जानकारी दिए ।

कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजुले प्रदेश सहकारी शाखामा दर्ता भएर आएका बहुउद्देशीय सहकारीहरु कानुनविपरीत सञ्चालनमा रहेको र त्यस्ता सहकारीहरुमा बचत नगर्न टोलटोलमा नागरिकहरुलाई सचेत पार्नुपर्ने बताए ।

त्यस्तै बाराही साकोसका सचिव राधेश्याम सुवालले संस्थाबाट सञ्चालित विविध गतिविधिहरुबारे अवगत गराउँदै संस्थाको विकास र प्रगति सदस्यहरुको हातमा हुने बताए ।
कार्यक्रममा बाराही साकोसले संस्थाका ७ जना बाल बचत कर्ता र ७ जना नियमित बचत कर्तालाई सम्मान गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.