भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चीनको राष्ट्रिय सुरक्षा बजेट २३० अर्ब डलर

चीनको राष्ट्रिय सुरक्षा बजेट २३० अर्ब डलर

काठमाडाैं ।  चीनले आफ्नो रक्षा बजेट बढाउने भएको छ । चीन सरकारले सन् २०२२ मा आफ्नो रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने भएको हो । सन् २०२१ मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो भने अघिल्लो वर्ष रक्षा बजेट ६ दशमलव ८ प्रतिशले वृद्धि गरेको थियो ।

चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको बजेट प्रतिवेदनमा उल्लेख छ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले वार्षिक जीडीपी दर ५ दशमलव ५ प्रतिशत हुनसक्ने घोषणा समेत गरेका छन् । आर्थिक वृद्धि र सुरक्षा खतरा मुख्य चुनौती भएकाले चीनले आफ्नो रक्षा बजेट बढाएको जनाइएको छ । अमेरिकापछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ।

 


Thali Mobile Pvt.Ltd.