भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मल अभावबारे किसान महासङ्घको चिन्ता, आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग

मल अभावबारे किसान महासङ्घको चिन्ता, आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग

काठमाडौं, २९ चैत्र । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले देशभर रासायनिक मलको अभाव भएको भन्दै आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घले आइतबार जारी गरेको विज्ञप्तिमा धान, मकै, कोदो तथा तरकारी खेतीका लागि अत्यन्त संवेदनशील समयमा मल अभाव भएको उल्लेख गरेको छ । यसले किसानहरूलाई खेतीपाती छोडेर मलका लागि लाइन बस्नुपर्ने र चर्को मूल्यमा किन्नुपर्ने बाध्यता सिर्जना गरेको जनाएको छ ।

“धान, मकै र कोदो जस्ता बालीहरूले राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्छन् । यस्ता महत्वपूर्ण समयमा मल अभाव हुनु दुर्भाग्यपूर्ण हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासङ्घले कालोबजारी नियन्त्रण गर्न, दीर्घकालीन समाधानको योजना बनाउन तथा साना किसानलाई प्राथमिकताका आधारमा मल वितरण गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.