भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दाङमा इँट्टाभट्टा दुर्घटना: पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, अर्का गम्भीर घाइते

दाङमा इँट्टाभट्टा दुर्घटना: पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, अर्का गम्भीर घाइते

दाङ, २९ चैत्र । तुलसीपुर उपमहानगरपालिका–१६ अन्तर्गत जहदागाउँस्थित एक इँट्टाभट्टामा आइतबार भएको दुर्घटनामा एक मजदुरको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल अचानक भत्किँदा काम गरिरहेका मजदुरहरू च्यापिएका थिए । उक्त घटनामा तीर्थराम पासवान (३०) को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भारतको बहराइच जिल्लाका बासिन्दा थिए ।

त्यसैगरी सोही दुर्घटनामा देशराज पासवान (३६) गम्भीर घाइते भएका छन् । प्रारम्भिक उपचार दाङमै गरिएपछि थप उपचारका लागि उनलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

पर्खाल भत्किनुको कारण खुल्न बाँकी रहेको र इँट्टाभट्टामा सुरक्षा मापदण्ड पालना भए/नभएको विषयमा पनि छानबिन गरिने बताइएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.