भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दाङमा इँट्टाभट्टा दुर्घटना: पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, अर्का गम्भीर घाइते

दाङमा इँट्टाभट्टा दुर्घटना: पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, अर्का गम्भीर घाइते

दाङ, २९ चैत्र । तुलसीपुर उपमहानगरपालिका–१६ अन्तर्गत जहदागाउँस्थित एक इँट्टाभट्टामा आइतबार भएको दुर्घटनामा एक मजदुरको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल अचानक भत्किँदा काम गरिरहेका मजदुरहरू च्यापिएका थिए । उक्त घटनामा तीर्थराम पासवान (३०) को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भारतको बहराइच जिल्लाका बासिन्दा थिए ।

त्यसैगरी सोही दुर्घटनामा देशराज पासवान (३६) गम्भीर घाइते भएका छन् । प्रारम्भिक उपचार दाङमै गरिएपछि थप उपचारका लागि उनलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

पर्खाल भत्किनुको कारण खुल्न बाँकी रहेको र इँट्टाभट्टामा सुरक्षा मापदण्ड पालना भए/नभएको विषयमा पनि छानबिन गरिने बताइएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.