भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मधुवा रोगको प्रकोपले मधेशमा आँप उत्पादन घट्ने जोखिम

मधुवा रोगको प्रकोपले मधेशमा आँप उत्पादन घट्ने जोखिम

मुख्य बुँदा 

मधुवा रोगका कारण आँप उत्पादन घट्ने जोखिम

मधेशमा ३०,८०० हेक्टर क्षेत्रफलमा आँपखेती

उत्पादन ६०% बढ्ने अनुमान भए पनि रोगले असर

धनुषा, महोत्तरी, सिरहा र सप्तरी मुख्य उत्पादन क्षेत्र

भारतबाट ३५९ मेट्रिक टन आँप आयात भएको तथ्याङ्क

जनकपुरधाम, २६ चैत्र  । मधेश प्रदेश कृषि विकास निर्देशनालय ले आँपका रुखमा मधुवा रोग फैलिएकाले यस वर्ष आँप उत्पादनमा ह्रास आउन सक्ने अनुमान गरेको छ। समयमा वर्षा नभएको र हावाहुरीका कारण पनि उत्पादन प्रभावित हुन सक्ने निर्देशनालयले जनाएको छ।

यस वर्ष मधेश प्रदेशका आँपका रुखमा मजर अर्थात् फूल अत्यधिक लागेको भए पनि मधुवा रोगका कारण उत्पादनमा समस्या देखिएको हो। निर्देशनालयका अधिकृत सन्दीप ठाकुर का अनुसार प्रदेशका आठवटै जिल्लामा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी उत्पादन हुने अनुमान गरिएको थियो। तर रोगका कारण अनुमानअनुसार उत्पादन नहुने अवस्था सिर्जना भएको छ।

निर्देशनालयका अनुसार यस वर्ष मधेश प्रदेशका किसानहरूले करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका छन्। मौसम अनुकूल रहेमा प्रदेशमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन भई करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

मधेश प्रदेशका धनुषा जिल्ला, महोत्तरी जिल्ला, सिरहा जिल्ला र सप्तरी जिल्ला आँप उत्पादनका दृष्टिले अग्रणी मानिन्छन्। यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ।

गत आर्थिक वर्षमा मधेश प्रदेशका किसानहरूले ३० हजार ६०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका थिए, जसबाट तीन लाख ९५ हजार ९६२ मेट्रिक टन आँप उत्पादन भएको थियो। प्रदेशमा विशेषगरी मालदह, बम्बै, कलकत्तिया, आम्रपाली, दशहरी, नकुअवा, केरवा, विजु र सिपिया जातका आँप खेती हुँदै आएको छ।

यसैबीच प्लान्ट क्वारेन्टाइन कार्यालय भिट्ठामोड का प्रमुख किशोरकुमार यादव का अनुसार गत आर्थिक वर्षको फागुनदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म भारत बाट भिट्ठामोड नाका हुँदै ३५९ मेट्रिक टन आँप नेपाल भित्रिएको थियो, जसको मूल्य करिब दुई करोड १५ लाख रुपैयाँ बराबर रहेको छ। हाल देशभर करिब ५३ हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय को तथ्याङ्कमा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.