भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा | राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य | तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क |

मधुवा रोगको प्रकोपले मधेशमा आँप उत्पादन घट्ने जोखिम

मधुवा रोगको प्रकोपले मधेशमा आँप उत्पादन घट्ने जोखिम

मुख्य बुँदा 

मधुवा रोगका कारण आँप उत्पादन घट्ने जोखिम

मधेशमा ३०,८०० हेक्टर क्षेत्रफलमा आँपखेती

उत्पादन ६०% बढ्ने अनुमान भए पनि रोगले असर

धनुषा, महोत्तरी, सिरहा र सप्तरी मुख्य उत्पादन क्षेत्र

भारतबाट ३५९ मेट्रिक टन आँप आयात भएको तथ्याङ्क

जनकपुरधाम, २६ चैत्र  । मधेश प्रदेश कृषि विकास निर्देशनालय ले आँपका रुखमा मधुवा रोग फैलिएकाले यस वर्ष आँप उत्पादनमा ह्रास आउन सक्ने अनुमान गरेको छ। समयमा वर्षा नभएको र हावाहुरीका कारण पनि उत्पादन प्रभावित हुन सक्ने निर्देशनालयले जनाएको छ।

यस वर्ष मधेश प्रदेशका आँपका रुखमा मजर अर्थात् फूल अत्यधिक लागेको भए पनि मधुवा रोगका कारण उत्पादनमा समस्या देखिएको हो। निर्देशनालयका अधिकृत सन्दीप ठाकुर का अनुसार प्रदेशका आठवटै जिल्लामा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी उत्पादन हुने अनुमान गरिएको थियो। तर रोगका कारण अनुमानअनुसार उत्पादन नहुने अवस्था सिर्जना भएको छ।

निर्देशनालयका अनुसार यस वर्ष मधेश प्रदेशका किसानहरूले करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका छन्। मौसम अनुकूल रहेमा प्रदेशमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन भई करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

मधेश प्रदेशका धनुषा जिल्ला, महोत्तरी जिल्ला, सिरहा जिल्लासप्तरी जिल्ला आँप उत्पादनका दृष्टिले अग्रणी मानिन्छन्। यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ।

गत आर्थिक वर्षमा मधेश प्रदेशका किसानहरूले ३० हजार ६०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका थिए, जसबाट तीन लाख ९५ हजार ९६२ मेट्रिक टन आँप उत्पादन भएको थियो। प्रदेशमा विशेषगरी मालदह, बम्बै, कलकत्तिया, आम्रपाली, दशहरी, नकुअवा, केरवा, विजु र सिपिया जातका आँप खेती हुँदै आएको छ।

यसैबीच प्लान्ट क्वारेन्टाइन कार्यालय भिट्ठामोड का प्रमुख किशोरकुमार यादव का अनुसार गत आर्थिक वर्षको फागुनदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म भारत बाट भिट्ठामोड नाका हुँदै ३५९ मेट्रिक टन आँप नेपाल भित्रिएको थियो, जसको मूल्य करिब दुई करोड १५ लाख रुपैयाँ बराबर रहेको छ। हाल देशभर करिब ५३ हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय को तथ्याङ्कमा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.