भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ अवसरमा तमारीमा शुभकामना सभा सम्पन्न

बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ अवसरमा तमारीमा शुभकामना सभा सम्पन्न

भक्तपुर, २७ चैत्र । प्रसिद्ध बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरको तमारीमा शुभकामना सभा सम्पन्न भएको छ।कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा साझा जात्रा भएको उल्लेख गर्दै यो ८ रात ९ दिनसम्म चल्ने जानकारी दिनुभयो।

उहाँले भक्तपुर सम्पदाको सहर भएकाले विश्वको ध्यान आकर्षित भएको र पर्यटकहरूको उल्लेखनीय उपस्थितिले जात्रालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउँदै लगेको बताउनुभयो। साथै, सभ्य र भव्य रूपमा जात्रा मनाउन सबै पक्षबीच समन्वय भइरहेको र दुर्घटनाप्रति सचेत हुन आग्रह गर्नुभयो।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले बिस्का जात्रा सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै पुर्खाले सिर्जेको सम्पदाको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो। उहाँले जात्राको सांस्कृतिक महत्व उल्लेख गर्दै रथ निर्माणमा संलग्न व्यक्तिहरूको दक्षता इन्जिनियरिङ सरह रहेको धारणा व्यक्त गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बिस्का जात्रालाई हर्षोल्लासपूर्ण र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्नुभयो। उहाँले गलत गतिविधि निरुत्साहित गर्नुपर्ने र युवाहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। साथै, रथमा जुत्ता–चप्पल लगाएर नचढ्न र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गर्नुभयो।

गुठी संस्थान कार्यालय भक्तपुरका आनन्द कर्मचार्यले जात्रालाई अझ उल्लासमय बनाउनुपर्नेमा जोड दिँदै रथ तान्ने कार्य दिउँसो ३ बजेबाट सुरु हुने जानकारी दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै योगेन्द्रमान बिजुक्छेले बिस्का जात्रा केवल पर्व मात्र नभई सामाजिक एकता र भाइचाराको प्रतीक भएको बताउनुभयो। साथै कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले पनि धारणा राख्नुभएको थियो।

 


Thali Mobile Pvt.Ltd.