भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

किसानका लागि राम्रै काम गरेर फर्किने कृषि तथा पशुपक्षी विकास मन्त्री अधिकारीको अठोट

किसानका लागि राम्रै काम गरेर फर्किने कृषि तथा पशुपक्षी विकास मन्त्री अधिकारीको अठोट

काठमाडौं । किसानका लागि आफ्नो कार्यकालमा धेरै गर्न नसके पनि केहि नयाँ र राम्रो काम गरेर जाने कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन् । नेपाल किसान महासङ्घ बाँकेले मंगलबार कोहलपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । मन्त्रीले भने, ‘मैले कृषि मन्त्रीको जिम्मेवारी पाएको छु, अर्को कुरा मैले किसानका समस्यालाई बोकेको छु, किसानका लागि ठुलो काम गर्न नसकौला, तर गलत गर्दिन, यदि मैले बदमासी गरे भने मेरो तीन पुस्तालाई हान्छ त्यसैले केही पक्कै पनि राम्रो काम गरेर जानेछु ।’

कांग्रेस लगायत ठुला राजनीतिक दलप्रति वितृष्णा भइरहेको अवस्थामा आफू यसतर्फ सजग रहेको जिकिर गरे । कृषि मन्त्रालयले प्राप्त गर्ने बजेटको धेरै रकम अनुदानमै खर्च हुने गरेको बताउँदै त्यसरी वितरण हुने अनुदानमा मन्त्रालयले अब राम्रोसँग अध्ययन गर्ने बताए । कोहलपुरमा रहेको दुग्ध विकास आयोजनामा पाउडर दूध उत्पादन गर्नका लागि माग बढेको भन्दै आफ्नो कार्यकालमा यसलाई प्राथमिकतामा राखेको धारणा व्यक्त गरे ।

किसानका थुप्रै समस्याहरू संग आफू जानकार रहेको मन्त्री अधिकारीले बताए । यसैबीच किसान महासङ्घ बाँकेका अध्यक्ष लाहुराम थारुले रासायनिक मल लिनका लागि किसानहरू पैसा लिएर उभिएर खाली हात घर फर्किनुपर्ने अवस्था रहेको गुनासो सुनाए। अहिले किसानहरूले बिचौलियाबाट धान बिक्री गर्नु परिरहेको अध्यक्ष थारुले मन्त्रीसंग दुखेसो पोखे।

त्यसक्रममा मन्त्री अधिकारीले कोहलपुरस्थित दुग्ध विकास आयोजना कार्यालय, कृषि अनुसन्धान निर्देशनालय र कोषेबाली अनुसन्धान कार्यालय खजुराको स्थलगत निरीक्षण गरेको रेणुका खड्का बिष्टले जानकारी दिइन् । सोही अवसरमा मन्त्री अधिकारीलाई किसान, सहकारी संस्था तथा दुग्ध व्यवसायीहरुले ज्ञापन पत्रसमेत बुझाएका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.