भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

ओली नेतृत्वको भण्डाफोर गर्दै माधवदेखि प्रभु साहसँग एकता गर्ने माओवादी केन्द्रमा छलफल

ओली नेतृत्वको भण्डाफोर गर्दै माधवदेखि प्रभु साहसँग एकता गर्ने माओवादी केन्द्रमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । हिजोबाट सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गरे । एमाले र नेपाली काँग्रेस सहितको केपी ओली नेतृत्वको सरकार असफल भइसकेको, भूष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने राष्ट्रिय एकता सुदृढ लगायतका काममा उल्टो बाटोतिर सरकार गइरहेको निष्कर्ष माओवादीको छ ।

राजनीतिक एवम सांगठनिक प्रतिवेदन पेश गरेको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । पार्टीप्रति देशभर सकारात्मक वातावरण सृजना भएको, जनतातिर फर्किनुपर्ने, देशव्यापी अभियान सञ्चालन गर्नुपर्ने, फागुन १ देखि हुलाकी राजमार्गलाई केन्द्रित गरेर एक महिने तराई मधेश जागरण अभियान सञ्चालन गर्ने र थप एक महिना पूर्व पश्चिम राजमार्गलाई केन्द्रित गरेर विशेष अभियान सञ्चालन गरिने उक्त अभियानमा पार्टीका सबै पदाधिकारी सहभागि हुने बताएका छन् ।

उपत्यका विशेष अभियान पनि सञ्चालन गर्ने र अन्य विभिन्न अभियान चलाउने प्रतिवेदनमार्फत सार्वजनिक गरेका छन् । विज्ञान र प्रविधि एवम नवप्रवर्तनमा जोड दिने, युवा वैज्ञानिक सम्मेलन आयोजना गर्ने, आगामी निर्वाचनमा एक्लै निर्वाचनमा सहभागि हुनेगरी तयारी गर्ने, संविधान संशोधनमा अग्रगमन र परिवर्तनको पक्षको बहसलाई अघि बढाउने, टिआरसी विधेयक पारित भए पनि सिफारिस समितिले पदाधिकारी सिफारिस गर्न नसकेकाले त्यसमा पहल गर्ने सार्वजनिक गरिएको छ ।

महिला, दलित तथा मुस्लिमलाई विशेषाधिकार दिने विषय अन्यौलमा परिरहेको भन्दै अब महिलाको सहभागिता ५० प्रतिशतमा पुर्याउने, दलित, मुस्लिम तथा पिछडिएको वर्ग तथा समुदायको प्रतिनिधित्व बढाउन पहल गर्ने छ । माओवादीले नेपाली कांग्रेस, एमालेसँग नमिलीकन आगामी चुनाव लड्ने तर, कांग्रेस र एमालेबाहेक साना वाम तथा प्रगतिशील शक्तिहरूसँग मिलेर चुनाव लड्ने भनिएको छ।नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतसँग एकताका लागि पहल गर्ने प्रस्ताव बैठकमा अध्यक्ष दाहालले राखेको सापकोटाले बताए।

 


Thali Mobile Pvt.Ltd.