मुम्बई। बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टको बालकोनीमा मर्मतको काम भइरहेको छ । उनको र उनको परिवारको सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको बुझिएको छ । वास्तवमा केही समयदेखि सलमान खानलाई लरेन्स ग्याङबाट ज्यान मार्ने धम्की आइरहेको छ । पछिल्ला केही वर्षदेखि सलमान खानलाई जेलमा रहेका ग्याङ्स्टर लरेन्स बिश्नोईको नाममा लगातार धम्की आइरहेको हो ।
लरेन्सले एक टिभी अन्तर्वार्तामा सलमानलाई मार्ने धम्की दिए पछि अनेक हत्कण्डा सुरू भएका छन । सन १९९८ मा सलमानले कालो हरिण शिकार गरेको भन्ने घटनालाई लिएर बिश्नोई समुदाय उनीसँग आक्रोशित रहदैँ आएको छ । खान १० व्यक्तिको सूचीमा रहेका छन, जसलाई जेलमा रहेका ग्याङ्स्टर लरेन्सले मस्ट वान्टेड मानेर ज्यान मार्ने धम्की दिइरहेको भारतीय सुरक्षा अधिकारीले बताएका छन । अप्रिल १४, २०२४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोलीबारीसमेत भएको थियो ।
मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले उनका घरतर्फ ४ राउण्ड फायर गरेका थिए । गोली चल्दा सलमान खान आफ्नै घरमा बसिरहेका थिए । खासमा, सन् २०२३ मा लरेन्स बिश्नोईबाट धम्की आएपछि मात्र सलमान खानको सुरक्षा बढाइएको थियो । उनले महाराष्ट्र सरकारबाट ‘वाई प्लस श्रेणी’ को सुरक्षा पाएका छन् । जसअनुसार यस सुरक्षा घेरामा सलमानसँग सधैं ११ सुरक्षाकर्मी साथमा रहने गरेका छन । जुन समुहमा एक वा दुई कमाण्डो र दुई पीएसओ पनि समावेश थपिएको छ ।
सलमानको गाडी अगाडी र पछाडि एस्कर्ट गर्नका लागि सधैं दुईवटा गाडी रहने ब्यवस्था गरिएको छ । साथै, सलमान खानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ राखिएको छ । सलमानको आगामी फिल्म सिकिन्दर आउँदैछ, जसको ट्रिजर हालै रिलिज हुदाँ करोडौं दर्शकले मन पराएका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, १९ जेठ । ‘बेनिघाटैमा’ बोलको नयाँ नेपाली नृत्यमूलक गीत सार्वजनिक भएको छ । गायक धनराज चुनारा र गायिका मञ्जु लावतीको सशक्त स्वरले सजिएको यो गीतले सार्वजनिक भएलगत्तै दर्शक...
काठमाडौं, १८ जेठ । नेपाली सांगीतिक क्षेत्रलाई प्रेमिल र भावनात्मक स्पर्श दिने उद्देश्यका साथ नयाँ देउडा गीत ‘मायाले दिएको फूल’ ले विस्तारै बजार तताउदै गएकाे छ । चर्चित गायिका तथा...
काठमाडौं, ११ जेठ । सुदूरपश्चिमेली लोकसंस्कृतिमा आधारित नयाँ देउडा गीत “पाकी काफल डाली” सार्वजनिक गरिएको छ। चर्चित देउडा गायक नरेन्द्र पार्की र गायिका शोभा थापाको स्वरमा सजिएको यो गीतले...
काठमाडौं, २९ वैशाख । नयाँ वर्षको सुरुवातसँगै नेपाली संगीत प्रेमीहरूका लागि एउटा आत्मीय र भावनात्मक कोशेली सार्वजनिक भएको छ। “मेरी हजुर” शीर्षकमा सार्वजनिक भएकाे गीतले प्रेम, समर्पण र आत्मीय...