भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

माओवादी स्थायी कमिटी बैठक पेचिलाे बन्दै, नेताको धारणा सुनिसकेपछि प्रचण्डले जवाफ दिने

माओवादी स्थायी कमिटी बैठक पेचिलाे बन्दै, नेताको धारणा सुनिसकेपछि प्रचण्डले जवाफ दिने

काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने र प्रचण्डले सुन्ने क्रम जारी रहेको प्रवक्ता अग्नि सापकोटाले बताए ।

शनिबारदेखि सुरू भएको बैठकमा आधाभन्दा बढीले धारणा राखिसकेका छन् ।

स्थायी समिति ४४ सदस्यीय रहेको छ । नेताहरुको धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने र बैठक टुंगिने बताइएको छ ।

यो बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने माओवादीले तयारी थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.