फिक्कल (इलाम) । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८० र ८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८० र ८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् ।
२०८१ साउन १ देखि असार मसान्तसम्म एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना विदेशी पर्यटक इलाम भित्रिएको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिनुभयो । सबैभन्दा कम भदौमा नौ सय १८ र सबैभन्दा बढी पुसमा ३६ हजार एक सय २३ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
पर्यटन सूचना केन्द्रको तथ्याङ्कानुसार अघिल्लो आव २०७९ र ८० मा एक लाख ३३ हजार चार सय ४५ पर्यटक भित्रिएका थिए । त्यसअघि आव २०७८ र ७९ मा एक लाख २९ हजार पाँच सय ८१ पर्यटक इलाम घुम्न आएका थिए । कोरोना सङ्क्रमण बेला आव २०७८ र ७९ मा २९ हजार आठ सय ११ जनामात्र इलाम घुम्न आएका थिए ।
“जोरकलश प्रवेशद्वारबाट भित्रिएका पर्यटकको तथ्याङ्कमात्र हामीसँग छ, अन्य क्षेत्र माई नगरपालिकाको सुखानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट हजारौँ पर्यटक भित्रिने गरेका छन्”, सूचना अधिकारी घिमिरेले भन्नुभयो, “कोरोनाकालपछिका पछिल्लो वर्षहरूमा जिल्ला भित्रिने पर्यटकको सङ्ख्या बढ्दो छ ।”
कोरोनाकालपछिका वर्षहरूमा जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न एवं अवलोकन गर्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेको पाइएको हो । इलामका पर्यटकीय क्षेत्रहरू झण्डीडाँडा, अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पाटेनागी, भालुढुङ्गा, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङ, लारुम्बा, अन्धराजा अन्धरानीजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोजपुर । इर्खुवाखोलामा साउन १६ गते आएको बाढीले सडक बगाउँदा साल्पासिलिछो गाउँपालिकामा आवतजावतमा समस्या भएको छ । बाढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाकखण्डको २० किलोमिटर सडक विभिन्न ठाउँमा...
मोरङ । माग बढेसँगै मोरङका वनमा निगुरो टिप्नेहरूको भीड लाग्न थालेको छ । स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताए ।काठमाण्डौलगायत शहरी...
भोजपुर । भोजपुरका किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त...
काठमाडौं । इन्टरनेट सेवा वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा निःशुल्क उपलब्ध भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडा अध्यक्ष शेर्पाले व्यक्तिगत लगानीमा उक्त सेवा उपलब्ध गराएका हुन...