भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

माओवादी केन्द्रको खबरदारी सभा कार्तिक १० गते, सरकारको प्राथमिकता भ्रष्ट्राचार भएकाे सापकाेटाकाे ठहर

माओवादी केन्द्रको खबरदारी सभा कार्तिक १० गते, सरकारको प्राथमिकता भ्रष्ट्राचार भएकाे सापकाेटाकाे ठहर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरिरहेकै बेला नेकपा माओवादी केन्द्रले आक्रामक शैलीमा राजधानीमा वृहत जनदवाव प्रदर्शन गर्न लागेको छ । बुधबार प्रेस सेन्टर नेपालको पदाधिकारीहरुसंगको छलफलमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारका जनविरोधी हर्कतका विरुद्ध खवरदारी सभा गर्न लागेको बताएका हुन ।

प्रेस सेन्टर नेपालका इन्चार्ज समेत रहेका उपाध्यक्ष सापकोटाले कातिक १० गते हुने प्रदर्शनका क्रममा सरकारले सय दिन भित्र के के उपलब्धि गरेको छ त्यसको राम्रोसंग जनताले त्यही दिन थाहा पाउने बताए । ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै गरेको सम्बोधन पछि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आक्रामक रूपमा प्रस्तुत हुने नीति लिएको छ ।

यसअघि विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाएको भन्दै सापकोटाले ती कुराको सुनुवाइ नभएको भन्दै सडक प्रदर्शन गर्न लागेको जिकिर गरे । उनले भने, “सरकार नाङगो रुपमा दलाल पुजिपती र दलालहरुको पक्षमा खुलेआम रुपमा लाग्यो । बिद्दुत प्राधिकरणले बक्यौता उठाउन खोज्दा रोक्ने, मीन बहादुर गुरुङ संग १० रोपनी जग्गा र भवन लिनेसम्मका कार्यले आफ्नो नाङ्गो रुप देखाएको छ ।

सरकारको सुशासन छरपस्ट भइसकेको छ ।” भ्रष्टाचारमा दोसी ठहर भएका ब्यक्ति भएकाले गुरुङबाट पार्टी कार्यालय नै जग्गासहित दान लिनुले सरकारको प्राथमिकता थाहा लागेको जिकिर गरे । प्रतिनिधि सभाको दुई ठूला दल मिलेपछि प्रतिपक्षीमा हुत्तिएको माओवादीले ओली सरकार असफल भएको निष्कर्ष निकालेको छ ।

 


Thali Mobile Pvt.Ltd.