भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सरकारको आग्रहमा संसद बैठक १५ गतेसम्मका लागि स्थगित

सरकारको आग्रहमा संसद बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदबाट अनुमोदन गने आवश्यक गृहकार्य नपुगेको भन्दै सरकारको आग्रहमा आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सरकारको आग्रहमा फागुन १५ गतेसम्मका लागि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

शुक्रबार दिनको १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा (संसद) बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय भएको थियो भने सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्ने बताइएको थियो ।

यसअघि बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.