भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच द्विपक्षीय सम्झौता, भुक्तानीमा १० प्रतिशत छुट

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच द्विपक्षीय सम्झौता, भुक्तानीमा १० प्रतिशत छुट

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र सोल्टी इन्टरप्राइजेज प्रा.लिबीच द्विपक्षीय सम्झौता भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा प्रवाह गर्ने उद्देश्यले काठमाडौंस्थित सोल्टी इन्टरप्राइजेज प्रा.लिसंग बैंकको डेबिट÷ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्ने बताइएको हो । सम्झौताअनुसार ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट÷ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा फुण्ड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको सर्वविविधै छ । सम्झौता अन्तर्गत बैंक र इन्टरप्राइजेज बीच प्रबद्र्धनात्मक कार्यक्रमहरुसमेत संचालन गर्ने सहमति भएको बैंकले बताएको छ ।

बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.