भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

“मेरी हजुर” सार्वजनिक, सुरज पण्डित र मेलिना राईको स्वरमा नयाँ वर्षको सांगीतिक उपहार

“मेरी हजुर” सार्वजनिक, सुरज पण्डित र मेलिना राईको स्वरमा नयाँ वर्षको सांगीतिक उपहार

काठमाडौं, २९ वैशाख । नयाँ वर्षको सुरुवातसँगै नेपाली संगीत प्रेमीहरूका लागि एउटा आत्मीय र भावनात्मक कोशेली सार्वजनिक भएको छ। “मेरी हजुर” शीर्षकमा सार्वजनिक भएकाे गीतले प्रेम, समर्पण र आत्मीय सम्बन्धको कथा बुनेकाे छ । 

गीतमा लोकप्रिय गायक सुरज पण्डित र सुमधुर स्वरकी धनी मेलिना राईको युगल स्वरले रहेकाे छ । बाबु बिनोदका मर्मस्पर्शी शब्दहरूले गीतलाई जीवन दिएका छन् भने सुरज पण्डितकै संगीत र कुशल सिंह निलको संगीत संयोजन रहेको छ।

गीतको अडियो पक्षलाई अझ सशक्त बनाउन गोविन्द अनेककमल थापा मगरले रेकर्डिङ गरेका छन् भने श्यामश्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका छन्। अडियो रेकर्डिङ प्रिज्मा स्टुडियोमा गरिएको हो। श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङले गीतको अडियो पक्षलाई अझ प्रखर बनाएको छ।

भिडियोमा गीता ढुंगानाबाबु बिनोदको सशक्त अभिनय देख्न सकिन्छ। विशाल घिमिरेको निर्देशनमा तयार भएको भिडियोमा प्रेमको संवेदनशीलता र यथार्थ चित्रण गरिएको छ। बुद्ध थापाको सिनेमाटोग्राफी, अमृत चापागाईंको सम्पादन र रङ संयोजनले भिडियोको दृश्यात्मक सौन्दर्यमा नयाँ उचाइ थपेकाे छ । 

सरिता मगरको मेकअप, सुशील गैरेको निर्माण, र नाथुनी जयसवालको प्रोडक्सन व्यवस्थापनले प्राविधिक पक्षलाई सुदृढ बनाएकाे छ । “मेरी हजुर” केवल एउटा गीत मात्र नभएर प्रेमको अनुभूति, स्मृति र आत्मीयताको अभिव्यक्ति पनि हो। गीतले संगीतमा लुकेको भावना बोलेको छ-जुन कुरा शब्दभन्दा गहिरो हुन्छ।

 


Thali Mobile Pvt.Ltd.