भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

“मेरी हजुर” सार्वजनिक, सुरज पण्डित र मेलिना राईको स्वरमा नयाँ वर्षको सांगीतिक उपहार

“मेरी हजुर” सार्वजनिक, सुरज पण्डित र मेलिना राईको स्वरमा नयाँ वर्षको सांगीतिक उपहार

काठमाडौं, २९ वैशाख । नयाँ वर्षको सुरुवातसँगै नेपाली संगीत प्रेमीहरूका लागि एउटा आत्मीय र भावनात्मक कोशेली सार्वजनिक भएको छ। “मेरी हजुर” शीर्षकमा सार्वजनिक भएकाे गीतले प्रेम, समर्पण र आत्मीय सम्बन्धको कथा बुनेकाे छ । 

गीतमा लोकप्रिय गायक सुरज पण्डित र सुमधुर स्वरकी धनी मेलिना राईको युगल स्वरले रहेकाे छ । बाबु बिनोदका मर्मस्पर्शी शब्दहरूले गीतलाई जीवन दिएका छन् भने सुरज पण्डितकै संगीत र कुशल सिंह निलको संगीत संयोजन रहेको छ।

गीतको अडियो पक्षलाई अझ सशक्त बनाउन गोविन्द अनेक र कमल थापा मगरले रेकर्डिङ गरेका छन् भने श्यामश्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका छन्। अडियो रेकर्डिङ प्रिज्मा स्टुडियोमा गरिएको हो। श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङले गीतको अडियो पक्षलाई अझ प्रखर बनाएको छ।

भिडियोमा गीता ढुंगाना र बाबु बिनोदको सशक्त अभिनय देख्न सकिन्छ। विशाल घिमिरेको निर्देशनमा तयार भएको भिडियोमा प्रेमको संवेदनशीलता र यथार्थ चित्रण गरिएको छ। बुद्ध थापाको सिनेमाटोग्राफी, अमृत चापागाईंको सम्पादन र रङ संयोजनले भिडियोको दृश्यात्मक सौन्दर्यमा नयाँ उचाइ थपेकाे छ । 

सरिता मगरको मेकअप, सुशील गैरेको निर्माण, र नाथुनी जयसवालको प्रोडक्सन व्यवस्थापनले प्राविधिक पक्षलाई सुदृढ बनाएकाे छ । “मेरी हजुर” केवल एउटा गीत मात्र नभएर प्रेमको अनुभूति, स्मृति र आत्मीयताको अभिव्यक्ति पनि हो। गीतले संगीतमा लुकेको भावना बोलेको छ-जुन कुरा शब्दभन्दा गहिरो हुन्छ।

 


Thali Mobile Pvt.Ltd.