भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

रामकुमारी पछारिन्, लोकप्रिय मतकासाथ मेटमणि बने उपमहासचिव

रामकुमारी पछारिन्, लोकप्रिय मतकासाथ मेटमणि बने उपमहासचिव

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसहमत भएका छन् । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् ।

उनले प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराइन् । यसैगरी मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । खुला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् ।

चौधरीले सबैभन्दा धेरै १५८ मत पाएर विजयी भएका छन् । सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.