भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

चिनियाँ विद्युतीय गाडी संसारभर लोकप्रिय बन्न थालेपछि चीनका प्रतिस्पर्धी देशले कर बढाए

चिनियाँ विद्युतीय गाडी संसारभर लोकप्रिय बन्न थालेपछि चीनका प्रतिस्पर्धी देशले कर बढाए

एजेन्सी । अमेरिका र युरोपेली सङ्घले चीनका विद्यूतीय गाडीमा कर बढाउने घोषणा गरिसकेका छन् भने क्यानडाले चीनबाट आयात भएका विद्युतीय गाडीमा शतप्रतिशत भन्सार शुल्क लगाउने भएको छ । गएको वर्ष क्यानडामा ४४ हजार तीन सय ५६ वटा चिनियाँ गाडीको आयात भएको थियो ।

यो अघिल्लो वर्षको तुलनामा ४ सय ६० प्रतिशतले बढेर धेरै हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीन सरकारले त्यहाँका कम्पनीलाई दिएको अधिक सहुलियतको मारमा आफ्ना देशका कम्पनी नपरुन भनेर शुल्क लगाएको बताएका छन् । अमेरिका र युरोपेली सङ्घकै नजिकको मित्र रहेको क्यानडाले चिनियाँ विद्युतीय गाडीको आयातमा एक सय प्रतिशत र स्टील तथा आल्मुनियममा २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यी शुल्कहरू चीनबाट आयात भएका सबै विद्युतीय गाडीमा लागू हुनेछन् । जसमा टेस्लाले चीनमा बनाएका गाडी पनि समावेश छन् ।
चीनमा बनेका सस्ता र आकर्षक विद्युतीय गाडी संसारभर लोकप्रिय बन्न थालेपछि चीनका प्रतिस्पर्धी देशले कर बढाइरहेका छन् ।

क्यानडामा रहेको चिनियाँ दूतावासले यो कदमको विरोध गर्दै विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) को नियमहरूलाई क्यानडाले बेवास्ता गरेको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनामा चिनियाँ विद्युतीय गाडीमा चार गुणा बढाएर शतप्रतिशत, अर्धचालक र सौर्य व्याट्रीमा कर दोब्बर गरी ५० प्रतिशत र अन्य रणनीतिक सामानहरूमा नयाँ २५ प्रतिशत करको घोषणा गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.