भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

माइक्रोसफ्ट सर्भरमा आएको समस्या समाधान उन्मुख

माइक्रोसफ्ट सर्भरमा आएको समस्या समाधान उन्मुख

काठमाडौं । सफ्टवेयर कम्पनी माइक्रोसफ्ट सर्भरमा आएको समस्या समाधान उन्मुख देखिएको छ । विश्वव्यापी सूचना प्रविधिमा आएको खराबीलाई सच्चाइएको क्राउडस्ट्राइकका अधिकारीले जनाएका छन् । कतिपय डिभाइसमा समस्या समाधान भइसकेको छ भने केहिमा समाधान हुन बाँकी छ ।

विभिन्न देशमा रद्द भएका हजारौँ उडान गए रातिदेखि सामान्य अवस्थामा फर्किन थालेका छन् । खराबी लगतै क्राउडस्ट्राइकका सीईओ जर्ज कुट्र्जले विश्वव्यापीरुपमा देखिएको अवरोधका लागि माफी मागेका छन् । साथै समस्याको पहिचान भइसकेको हुँदा सबै प्रणाली चुस्त दुरुस्त हुन अझै केही समय लाग्ने जानकारी दिएका बीबीसीले जनाएको छ ।

क्राउडस्ट्राइक एक साइबर सुरक्षा प्रविधि कम्पनी हो । साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले सफ्टवेयर अपडेट गरेपछि हिजो दिनभर विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न भएको थियो । यसबाट विश्वभरको उडान, दूरसञ्चार सेवा, बैंक तथा अन्य अनलाइन सेवाहरू समेत प्रभावित भएका थिए ।

क्राउडस्ट्राइक कम्पनीका अधिकांश ग्राहक माइक्रोसफ्टको सर्भर प्रयोगकर्ता छन् । कम्पनीले वितरण गर्ने मुख्य उत्पादनमध्येको एक फाल्कन हो । यो एउटा एन्टिभाइरस हो, जसले कम्प्युटरमा हुनसक्ने सम्भावित साइबर आक्रमणबाट जोगाउँछ ।

कम्पनीले कुनै परीक्षण नै नगरी फाल्कनको नयाँ अपडेट विश्वभर उपलब्ध गराउँदा समस्या आएको आइटी क्षेत्रका विज्ञले बताएका छन् ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.