काठमाडौं । सफ्टवेयर कम्पनी माइक्रोसफ्ट सर्भरमा आएको समस्या समाधान उन्मुख देखिएको छ । विश्वव्यापी सूचना प्रविधिमा आएको खराबीलाई सच्चाइएको क्राउडस्ट्राइकका अधिकारीले जनाएका छन् । कतिपय डिभाइसमा समस्या समाधान भइसकेको छ भने केहिमा समाधान हुन बाँकी छ ।
विभिन्न देशमा रद्द भएका हजारौँ उडान गए रातिदेखि सामान्य अवस्थामा फर्किन थालेका छन् । खराबी लगतै क्राउडस्ट्राइकका सीईओ जर्ज कुट्र्जले विश्वव्यापीरुपमा देखिएको अवरोधका लागि माफी मागेका छन् । साथै समस्याको पहिचान भइसकेको हुँदा सबै प्रणाली चुस्त दुरुस्त हुन अझै केही समय लाग्ने जानकारी दिएका बीबीसीले जनाएको छ ।
क्राउडस्ट्राइक एक साइबर सुरक्षा प्रविधि कम्पनी हो । साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले सफ्टवेयर अपडेट गरेपछि हिजो दिनभर विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न भएको थियो । यसबाट विश्वभरको उडान, दूरसञ्चार सेवा, बैंक तथा अन्य अनलाइन सेवाहरू समेत प्रभावित भएका थिए ।
क्राउडस्ट्राइक कम्पनीका अधिकांश ग्राहक माइक्रोसफ्टको सर्भर प्रयोगकर्ता छन् । कम्पनीले वितरण गर्ने मुख्य उत्पादनमध्येको एक फाल्कन हो । यो एउटा एन्टिभाइरस हो, जसले कम्प्युटरमा हुनसक्ने सम्भावित साइबर आक्रमणबाट जोगाउँछ ।
कम्पनीले कुनै परीक्षण नै नगरी फाल्कनको नयाँ अपडेट विश्वभर उपलब्ध गराउँदा समस्या आएको आइटी क्षेत्रका विज्ञले बताएका छन् ।एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) वरपर पुनः गोलीबारीको घटना भएको छ। बीबीसी हिन्दीले भारतीय सेनालाई उद्धृत गर्दै जनाएअनुसार, केही क्षेत्रमा चरमपन्थी समूहहरूसँग मुठभेड भइरहेको जनाइएको छ।...
इस्लामाबाद । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। यसको जवाफमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बिहीबार बिहान राष्ट्रिय सुरक्षा समितिको आपतकालीन बैठक बोलाएका छन्।...
एजेन्सी । जम्मू–कश्मीरको शान्त पहाडी क्षेत्र पहलगाम एकाएक रगताम्य भयो, जब पर्यटकले भरिएको एउटा क्षेत्र भीषण आतङ्कवादी हमलाको चपेटामा पर्यो। आक्रमण यति भयानक थियो कि २२ जना भारतीय पर्यटक,...
एजेन्सी । पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत गरेका छन् । रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा...