भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकहरूको परीक्षा दस्तुर फिर्ता हुने

न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकहरूको परीक्षा दस्तुर फिर्ता हुने

काठमाण्डौ । अब विद्यार्थीहरूको फारम दस्तुर फिर्ता हुने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को नतिजामा एनजी अर्थात् नन ग्रेड आएका विद्यार्थीहरुको फारम दस्तुर फिर्ता हुने भएको हो ।

तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकको आवेदन फारम रद्द गरी आवेदन फारम भर्दा बुझाएको परीक्षा दस्तुर रकम आयोगमा दाखिला गरेको प्रमाणसहित फिर्ता माग गरेमा सम्बन्धित परीक्षार्थीले फिर्ता पाउने आयोगले जनाएको छ ।

आयोगले यस वर्ष कक्षा १२ को नतिजा नआउँदै स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाएको थियो । भदौ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन दिएकाहरूमध्ये तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकहरूको परीक्षा दस्तुर फिर्ता हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.