भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकहरूको परीक्षा दस्तुर फिर्ता हुने

न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकहरूको परीक्षा दस्तुर फिर्ता हुने

काठमाण्डौ । अब विद्यार्थीहरूको फारम दस्तुर फिर्ता हुने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को नतिजामा एनजी अर्थात् नन ग्रेड आएका विद्यार्थीहरुको फारम दस्तुर फिर्ता हुने भएको हो ।

तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकको आवेदन फारम रद्द गरी आवेदन फारम भर्दा बुझाएको परीक्षा दस्तुर रकम आयोगमा दाखिला गरेको प्रमाणसहित फिर्ता माग गरेमा सम्बन्धित परीक्षार्थीले फिर्ता पाउने आयोगले जनाएको छ ।

आयोगले यस वर्ष कक्षा १२ को नतिजा नआउँदै स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाएको थियो । भदौ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन दिएकाहरूमध्ये तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकहरूको परीक्षा दस्तुर फिर्ता हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.