भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भारतद्वारा नेपाललाई एक हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान

भारतद्वारा नेपाललाई एक हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान

काठमाडौं । भारतीय दूतावासले स्कुल बस र एम्बुलेन्स प्रदान गरेको छ । आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार प्रदान गरेको हो ।

पछिल्लो एक वर्षमा भारतीय सहयोगमा नेपालमा २५ परियोजना उद्घाटन गरिएको छ भने ६ परियोजनामा हस्ताक्षर भएको र ९ वटा परियोजना शिलान्यास गरिएको दूतावासले जनाएको छ।

गत पुसमा नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय सहमतिपछि भारतले नेपालमा परियोजनामा सिधै २० करोड खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपाललाई एम्बुलेन्स र स्कुल बस दिँदै आएको भारतले हालसम्म एक हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान गरेको छ।

 


Thali Mobile Pvt.Ltd.