भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

भक्तपुरमा पसल अनुगमन सुरु

भक्तपुरमा पसल अनुगमन सुरु image

भक्तपुर ।  गुन्हीपुन्ही पर्वलाई मध्ये नजर गरी भक्तपुरमा पसल अनुगमन तीब्र पारिएकाे छ । खाद्य अनुज्ञापत्र विना अशुद्ध र अखाद्य गेडागुडी मिसिएको क्वाटीको प्याकेजिड्ड गरी व्यवस्थित लेवल बिना विक्रि वितरण भई रहेको जनगुनासो आएपछि भक्तपुर नगरपालिकाले खाद्य पसललगायत पसलहरुको अनुगमन गरेको हो ।

भक्तपुरको कमलबिनायक क्षेत्रमा रहेका पसलहरुको अनुगमन गर्दा म्याद नाघेका, लेवल नभएका, सडेगलेका सामान विक्रि भएको पाइएको छ । एस.एण्ड.एस स्टोर्स, ज्योति किराना पसल, बद्रि नारायण मानन्धर किराना पसललगायतका पसलबाट म्याद नाघेको सामानहरु जम्बो पेप्सी, मिरिण्डा, कोक, गुडडे कम्पनीको मारि बिस्कुट, टप विस्कुट, दत्तात्रय दालमोठको शिवशंकर बदाम, हल्दिराम भुजिया,

बिएमसि चना र जिरा मसला, खतु सुपर एग्रो–९९, ड्यू, जफत गरी नष्ट गरिएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताउनु भयो । खाद्य अनुज्ञापत्र विना अखाद्य बस्तु प्याकेजिड्ड गरी लेवल बिना विक्रि वितरण नगर्न, ढक तराजु नविकरण गर्न तीन दिनको समय दिइएको छ ।

गोदाम व्यवस्थित र सरसफाइ गर्न निर्देशन दिईएको अनुगमन सदस्य रोशन मैया सुवालले बताउनु भयो । एउटै पसलबाट करिब चौध हजार रुपैंया बराबरको सामान जफत गरेर नष्ट गरिएको छ । म्याद नाघेका सामाग्री विक्रि वितरण गर्नेलाई कारबाहीको दायरामा ल्याउने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

अनुगमनमा रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, श्यानिटेशन उपशाखाका दिलिपकुमार सुवाल, रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर कापले, घरेलु तथा साना उद्योगका सुमित्रा श्रेष्ठ, उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका लक्ष्मी प्रसाद कासुला र उद्योग बाणिज्य संघ भक्तपुरका राजु त्वानाबासुको सहभागीता रहेको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.