भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

भक्तपुरमा पसल अनुगमन सुरु

भक्तपुरमा पसल अनुगमन सुरु

भक्तपुर ।  गुन्हीपुन्ही पर्वलाई मध्ये नजर गरी भक्तपुरमा पसल अनुगमन तीब्र पारिएकाे छ । खाद्य अनुज्ञापत्र विना अशुद्ध र अखाद्य गेडागुडी मिसिएको क्वाटीको प्याकेजिड्ड गरी व्यवस्थित लेवल बिना विक्रि वितरण भई रहेको जनगुनासो आएपछि भक्तपुर नगरपालिकाले खाद्य पसललगायत पसलहरुको अनुगमन गरेको हो ।

भक्तपुरको कमलबिनायक क्षेत्रमा रहेका पसलहरुको अनुगमन गर्दा म्याद नाघेका, लेवल नभएका, सडेगलेका सामान विक्रि भएको पाइएको छ । एस.एण्ड.एस स्टोर्स, ज्योति किराना पसल, बद्रि नारायण मानन्धर किराना पसललगायतका पसलबाट म्याद नाघेको सामानहरु जम्बो पेप्सी, मिरिण्डा, कोक, गुडडे कम्पनीको मारि बिस्कुट, टप विस्कुट, दत्तात्रय दालमोठको शिवशंकर बदाम, हल्दिराम भुजिया,

बिएमसि चना र जिरा मसला, खतु सुपर एग्रो–९९, ड्यू, जफत गरी नष्ट गरिएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताउनु भयो । खाद्य अनुज्ञापत्र विना अखाद्य बस्तु प्याकेजिड्ड गरी लेवल बिना विक्रि वितरण नगर्न, ढक तराजु नविकरण गर्न तीन दिनको समय दिइएको छ ।

गोदाम व्यवस्थित र सरसफाइ गर्न निर्देशन दिईएको अनुगमन सदस्य रोशन मैया सुवालले बताउनु भयो । एउटै पसलबाट करिब चौध हजार रुपैंया बराबरको सामान जफत गरेर नष्ट गरिएको छ । म्याद नाघेका सामाग्री विक्रि वितरण गर्नेलाई कारबाहीको दायरामा ल्याउने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

अनुगमनमा रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, श्यानिटेशन उपशाखाका दिलिपकुमार सुवाल, रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर कापले, घरेलु तथा साना उद्योगका सुमित्रा श्रेष्ठ, उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका लक्ष्मी प्रसाद कासुला र उद्योग बाणिज्य संघ भक्तपुरका राजु त्वानाबासुको सहभागीता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.