बेपत्ता यात्रुहरूको खोजी गर्न सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन, दुईवटा बसका ६५ यात्रु त्रिशूली नदीमा बेपत्ता

बेपत्ता यात्रुहरूको खोजी गर्न सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन, दुईवटा बसका ६५ यात्रु त्रिशूली नदीमा बेपत्ता

काठमाण्डौ । काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका छन् । शुक्रबार नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका हुन । बसमा चालकसहित ६५ जना यात्रु वपत्ता रहेका प्रहरीले जनाएको छ ।

गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । पहिरोले कालीखोला, सिमलताल र फिस्लिङमा सडक अवरुद्ध भएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डकै १७ किलोमा अर्को बसमा पहिरोबाट झरेको ढुङ्गाले लागेर चालकको ज्यान गएको छ । पहिरोबाट आएको ढुङ्गाले लागेर बसका चालकको निधन भएको हो । बुटवलबाट काठमाण्डौको लागि छुटेको लु २ ख ६५६६ नम्बरको बसमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा ज्यान गएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरोले भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन्। शुक्रबार बिहान नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं विभिन्न भागमा बाढी पहिरोका कारण भएकोप्रति प्रधानमन्त्रीले दुःख व्यक्त गरेका हुन्।

बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.