भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई वटा बस र यात्रु खोज्न गोताखोर परिचालन

दुई वटा बस र यात्रु खोज्न गोताखोर परिचालन

चितवन । दुई वटा बस र यात्रु खोज्न गोताखोर परिचालन गरिएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा त्रिशूली नदीमा वेपत्ता बस र यात्रुलाई खोज्न गोताखोर परिचालन गरिएको हो ।

पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको र ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको विपद्‌ व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको प्रहरीले जनाएको छ ।

बेपत्ता बस तथा यात्रु खोज्न सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद्‌ व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएका छन् ।

नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको हो।

दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको र पहिरोका कारण सडक अवरुद्ध भएकाले हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा आएको छ ।

 


Thali Mobile Pvt.Ltd.