भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

डिजिटल कारोबार (मोबाइल बैंकिङ) निःशुल्क गर्न छलफल

डिजिटल कारोबार (मोबाइल बैंकिङ) निःशुल्क गर्न छलफल

काठमाडौं । साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्न छलफलमा जुटेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै यस्तो कारोबार निःशुल्क गर्न छलफल चलाएको ओलीले बताए ।

यही कुरालाई फेसबुक पेजमा भनेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् ।

सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’ मोबाइल बैंकिङ कारोबार गर्दा हरेक पटक १५ रुपैयाँभन्दा धेरै शुल्क लाग्ने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.