भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

मङ्कीपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने

मङ्कीपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कङ्गोमा छिट्टै एमपक्स खोपको पहिलो डेलिभरी पुग्ने अपेक्षा गरिएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

डब्ल्यूएचओले गएको अगस्ट १४ तारिखमा एमपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्कालका रुपमा घोषणा गरेको थियो । यसवर्ष कङ्गोमा अहिलेसम्म १८ हजार जनाभन्दा धेरै सम्भावित केस रिपोर्ट गरिएको छ । जसमा ६ सय २९ जनाको ज्यान गएको छ ।

बुरुन्डी, रुवान्डा, युगान्डा, स्विडेन, थाइल्यान्डलगायतका देशमा पनि सङ्क्रमणको पुष्टि भइसकेको छ । डब्ल्यूएचओले खोपमा पहुँच र वितरणलाई तीव्रता दिने गरी काम गरिरहेको जनाएको छ । अफ्रिकी देश कङ्गोमा तीव्र रूपमा फैलिएको एमपक्स ९मङ्कीपक्स० को नयाँ भेरिएन्ट ‘क्लेड १ बी’ को संक्रमण अफ्रिकाबाहेकका महादेशमा पनि देखिन थालेपछि जोखिम थप बढेको छ ।

श्वासप्रश्वासका साथै थुक,र्‍याल, सङ्क्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट यसको सङ्क्रमण सर्ने जोखिम हुन्छ । एमपक्स भाइरस सन् १९५८ मा पहिलोपटक डेनमार्कमा खोरमा राखिएको बाँदरमा पाइएको थियो । त्यही भएर यो रोगलाई मंकीपक्स नाम दिइएको हो ।

त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा सङ्क्रमण पाइएको थियो । मान्छेमा भने पहिलो पटक सन् १९७० मा अफ्रिकी देश कङ्गोमा ९ महिने बालकमा सङ्क्रमण पुष्टि भएको थियो ।  एजेन्सी

 


Thali Mobile Pvt.Ltd.